सिंहदरबारको पश्चिमी मोहडा पनि ‘रेट्रोफिटिङ’ गरिने « Khabarhub

सिंहदरबारको पश्चिमी मोहडा पनि ‘रेट्रोफिटिङ’ गरिने


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले चर्काएको सिंहदरबारको मुख्य भवनको पश्चिमी मोहडा पनि सवलीकरण (रेट्रोफिटिङ) गर्ने निष्कर्ष निकालेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विज्ञहरुसहितको टोलीले तयार पारेको अध्ययन प्रतिवेदनमा भूकम्पले चर्काएको सिंहदरबारको मुख्य भवनको पश्चिम मोहडा पनि पुनर्निर्माण नभई सवलीकरण गर्दा हुने निष्कर्ष निकालेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सो मोहडालाई पनि सवलीकरण गर्न सकिने निष्कर्ष निकालिएको जानकारी दिए ।

उनले त्यसको सवलीकरण गर्दा ८ दशमलव ८ रेक्टर स्केलको भूकम्प आउँदा पनि केही नहुने गरी डिजाइन तयार पारिएको दाबी गरे । भूकम्पले चर्काएको सिंहदरबारको मुख्य भवनको सवलीकरणको काम आगामी बैंशाख १५ गतेबाट सुरु गर्ने प्राधिकरणको योजना छ ।

बैशाख १५ गते भित्रबाट सो कामलाई अघि बढाउन टेन्डर आह्वान गरिसक्ने प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । यस अघि प्राधिकरणले सिंहदरबारको मुख्य भवनको पश्चिम मोहडाको भाग भने पुनर्निर्माण गर्ने तयारी गरेको थियो । तर अध्ययनले त्यसलाई पनि सवलीकरण गर्न सकिने देखिएको प्राधिकरणको दावी छ ।

प्राधिकरणले हाल सिंहदरबारको मुख्य भवनको पूर्व, उत्तर र दक्षिणी भागको मर्मत, सम्हारको कामलाई भने तीव्रता दिएको छ । पूरानै कलाकृतिहरुको संरक्षण हुने गरी आवश्यक काठ, स्टिललगायतका सामग्रीहरु फेर्ने काम पनि भईरहेकोे प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले समितिलाई जानकारी गराए ।

प्राधिकरणले २ वर्ष भित्र रानीपोखरी र एक वर्ष भित्र काष्ठमण्डव पुनर्निर्माणको काम सम्पन्न गर्ने योजना पनि बनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रानीपोखरीको पानीको सतह मिलाउने जिम्मा स्थानीय उपभोक्ता समितिलाई दिइएको बताए ।

काठमाडौंको विभिन्न पोखरीहरुको सतह व्यवस्थापन गर्दै आएका स्थानीय उपभोक्ता समितिलाई रानीपोखरीको पानीको सतह मिलाउने जिम्मेवारी दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले रानी पोखरीको पुनर्निर्माणको व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका, पुरातत्व विभाग र स्थानीय उपभोक्ता समिति, विज्ञहरु रहेको समितिनै गठन गरेको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अव रानी पोखरी पुनर्निर्माणको कामले पनि गति लिने बताए ।

प्राधिकरणले चालू आर्थिक वर्ष भित्र निजी आवास पुनर्निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ३ : ५३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको