शेयर बजार : दोहोरो अंकको वृद्धि « Khabarhub

शेयर बजार : दोहोरो अंकको वृद्धि


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३.७२ बिन्दुले बढेर एक हजार १६३.४७ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३४ बिन्दुले बढेर २४८.१५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढ्दा कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १६९ कम्पनीका १८ लाख ९३ हजार १२० कित्ता शेयर रु ५० करोड आठ लाख ८१ हजार ७३८ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज दुई उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढेको छ ।

जलविद्युत् ३.४८ र निर्जीवन बीमा ६.७६ बिन्दुले घट्दा बैंकिङ १९.६७, होटल २०.०१, विकास बैंक ३.६१, वित्त १.६१, उत्पादन ८.७३, अन्य ५.६१, लघुवित्त २.२१ र जीवन बीमा ३८.८६ बिन्दुले बढेको छ ।

कारोवार रकमका आधारमा आज नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु चार करोड २५ हजार ३७० मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा छ । यस्तै एनआइसी एशिया बैंकको रु तीन करोड ७६ लाख ८४ हजार ४७१, एनएमबी बैंक रु दुई करोड ७१ लाख ५९ हजार १९२, नेपाल बङ्गलादेश बैंक रु दुई करोड २७ लाख ७५ हजार २२०, प्रभु बैंक रु दुई करोड छ लाख ७८ हजार ३३०, प्राइम बैंक रु एक करोड ६३ लाख ६९ हजार ८४७, एभरेष्ट बैंक रु एक करोड ६२ लाख ११ हजार ३३५ र सिटिजन बैंक रु एक करोड ५४ लाख ७५ हजार २६२ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार भागर्व विकास बैंकका शेयरधनीले ९.४० प्रतिशतले कमाएका छन् । यस्तै लक्ष्मी इक्विटी फण्ड ५.८९, एनएमबी हाइड्रो फण्ड ५, पोरखा फाइनान्स ४.६५, जानकी फाइनान्स ४.२७ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले ३.९२ प्रतिशतले कमाएका छन् । युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.५८, कञ्चन डेभलपमेन्ट बैंक ५.६६, अरुण काबेली पावर लिमिटेड ४.३४, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ४.०१ र युनाइटेड फाइनान्सले २.९८ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ४ : १३ बजे

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई

रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्वकप्तान

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट