खाद्य अनुसन्धान अधिकृतविरुद्ध ३५ हजारको भ्रष्टाचार मुद्दा « Khabarhub

खाद्य अनुसन्धान अधिकृतविरुद्ध ३५ हजारको भ्रष्टाचार मुद्दा


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख (खाद्य अनुसन्धान अधिकृत) विनोद कुमार श्रीवास्तवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

भन्सारबाट आयात हुने चामललगायत अन्य सामाग्रीको चेकजाँच दस्तुर बझाए पनि प्रज्ञापन–पत्र बनाइदिने बहानामा श्रीवास्तवले सेवाग्रीसँग ३५ हजार रुपैयाँ घुस लिएका थिए ।

घुस लिएको रकमसहित पक्राउ परेका श्रीवास्तमाथि अनुसन्धान पछि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव मदन कोइरालाले जानकारी दिए ।

श्रीवास्तवविरुद्ध ३५ हजार रुपैयाँ बिगो तथा जरिवाना र भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कैद सजाय माग गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ५ : ०६ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर