प्रमुख आयुक्त घिमिरेले भने– अख्तियारको अनुसन्धानमा राजनीतिक दवाब छैन « Khabarhub

प्रमुख आयुक्त घिमिरेले भने– अख्तियारको अनुसन्धानमा राजनीतिक दवाब छैन


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगको अनुसन्धानमाथि कुनै प्रकारको राजनीतिक दवाव नआएको स्पष्ट पारेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले आयोगको अनुसन्धानमाथि कुनै प्रकारको राजनीतिक दवाब नआएको प्रष्ट्याएका हुन् ।

मंगलबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त घिमिरेले आयोग कुनै पनि प्रकारको राजनीतिक दवाबमा नपरी संविधानले दिएको अधिकारभित्र रहेर अनुसन्धानको कामलाई स्वतन्त्रतापूर्वक अघि बढाउन सचेत रहेको बताए ।

प्रमुख आयुक्त घिमिरेले वाइडबडी विमान खरिदमा भएको अनियमितताबारे अनुसन्धान भइरहेको पनि समितिलाई जानकारी गराए ।

हाल निगम संचालक समितिका पदाधिकारीहरुमाथिको अनुसन्धानको काम भइरहेको उल्लेख गर्दै उनले अव विदेशी कम्पनीहरुमाथिको अनुसन्धानलाई अघि बढाउन १५ दिने सूचना जारी गरिएको पनि स्मरण गराए ।

वाइडबडी विमान खरिदमा भएको अनियमितताबारे अनुसन्धानको कामलाई छिट्टै निष्कर्षमा पुर्‍याउन आयोग प्रतिवद्ध रहेको प्रमुख आयुक्त घिमिरेको भनाइ छ ।

आयोगले स्थानीय तहमा भ्रष्टाचार बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई नियन्त्रण गर्न तत्काल सबै स्थानीय तहमा लेखा परीक्षण हेर्ने संयन्त्रको तत्काल व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ ।

प्रमुख आयुक्त घिमिरेले स्थानीय तहमा भ्रष्टाचार हुन नदिन आयोगले २१ वटा जिल्लामा अभिमुखिकरण कार्यक्रम संचालन गरेको र त्यसलाई आवश्यक्ता अनुसार सबै जिल्लामा विस्तार गर्दै लैजाने योजना रहेको पनि समितिलाई जानकारी गराए ।

बैठकमा समितिमा सदस्यहरुले राजनीतिक दवावका कारण अख्तियारले भ्रष्टाचारका ठूल्ठूला केसमाथि अनुसन्धान गर्न नसकेको दाबी गरेका थिए । समितिका सदस्य दिलेन्द्रप्रसाद बडुले राजनीतिक दवाबका कारण ठूल्ठूला भ्रष्टाचारको अनुसन्धानको काम अघि बढाउन आयोगले नसकेको आशंका व्यक्त गरेका थिए । उनले अनियमितता हुन नदिन अख्तियारले खेलेको भूमिका सन्तोषजनक नरहेको आरोप लगाए ।

समितिका सदस्यहरुले जनताले भ्रष्टाचार बढ्दै गइरहेको महसुस गरेपनि त्यसलाई नियन्त्रण गर्ने काम हुन सकेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ५ : ४२ बजे

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त