एएफसी कपमा मनाङले भारतीय क्लव मिनर्भासँग अंक बाँड्यो | Khabarhub Khabarhub

एएफसी कपमा मनाङले भारतीय क्लव मिनर्भासँग अंक बाँड्यो


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एएफसी कपमा नेपालको लिग च्याम्पियन क्लब मनाङ मर्स्याङदीले भारतीय क्लब मिनर्भा पञ्जावसँग अंक बाडेको छ। बुधबार बेलुकी भएको खेलमा मनाङले घरेलु टोली मिनेर्भासंग २-२ गोलको बराबरी खेलेको हो । भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा भएको खेलमा अग्रता लिएको मिनर्भाविरुद्द मनाङका अभिषेक रिजाल र एडिलाजा सोमीडेले समान एक – एक गोल फर्काए।

मिनेर्भाका लागि श्रेयस गोपालन र करीम नुरेनले एक- एक गोल गरेका थिए । खेलको आठौं मिनेटमा घरेलु टोली मिनर्भाका श्रेयसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।

खेलको ४० औं मिनेटमा मनाङले पेनाल्टीको अवसर पाएको थियो । तर, सुजल श्रेष्ठले पेनाल्टीमा गोल गर्न चुक्दा मनाङले बराबरी गर्ने मौका गुमायो ।

दोस्रो हाफमा भने मनाङ खेलमा फर्कियो । खेलको ६९ औं मिनेटमा अभिषेकले गोल गर्दै मनाङलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ८६ औं मिनेटमा मिनेर्भाका नुरेनले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए । तर, खेलको ९० औं मिनेटमा सोमीडेले गोल गरेपछि मनाङले २-२ गोलको बराबरी खेलेको हो । एएफसी कपको तेस्रो खेलमा गएर मनाङले अंक तालिकाम १ अंक जोड्न सफल भएको हो।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ७ : ४१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र