‘के–ल्याब’मा मे महिनाभरी प्रयोगशाला परीक्षणमा आधा छुट « Khabarhub

‘के–ल्याब’मा मे महिनाभरी प्रयोगशाला परीक्षणमा आधा छुट


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टंगाल, भाटभटेनीमा अवस्थित अन्र्तराष्ट्रियस्तरको क्राउन ल्याबरोटेरी एण्ड रिफरल सेन्टर (के-ल्याब) आठौं वर्षमा प्रवेश गरेको अवसरमा सेवाग्राही भेला तथा सम्मान कार्यक्रम आयोजना गरिएकोे छ ।

स्थापनाकालदेखि निरन्तर ३० भन्दा बढी पटक के-ल्याबमा प्रयोगशाला सेवा लिदै आएका नभराज घिमीरे, डा.अरुणकुमार गुप्ता, प्रा.रेहना पाण्डे, समाजसेवी हरिभक्त बुढाथोकी, सञ्चारकर्मी अशेष शमा लगायतका सेवाग्राहीलाई ल्याबको संरक्षकको रुपमा सम्मान गरिएको हो ।

नेपालमै अन्तराष्ट्रिय स्तरको सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउन सकिन्छ भन्ने धारणाले स्थापना गरिएको के-ल्याबले निरन्तर रुपमा गुणस्तरीय सेवा दिँदै आइरहेको के-ल्याबकी प्रशासन निर्देशक कान्ति थापा गुरुंगले बताइन् ।

नसर्ने रोग विरुद्ध स्थापनाकाल देखि निरन्तर रुपमा विभिन्न कार्यक्रम मार्फत समुदायमा सचेतना फैलाई रहेको ल्याबले “के-ल्याब फर कम्युनिटी” कार्यक्रम मार्फत स्वास्थ्य शिविर, निःशुल्क स्वास्थ्य परिक्षणहरूमा जस्तै थायराइड, भिटामिन डी, लिबर फङ्सन, किड्नी फङ्सन, लिपिड प्रोफाईल, बाथरोग परिक्षण, क्यान्सर मार्कर टेष्ट लगायतका अत्यावश्यक परीक्षणमा अधिकतम छुट दिँदै आइरहेको ल्यावकी निर्देशक ज्योति आचार्यले बताइन् ।

कार्यक्रममा उपस्थित सहभागी हरुले आफूहरुले के-ल्याबमा आजसम्म सेवा लिँदाको अनुभव सुनाएका थिए । सो क्रममा रसायन शास्त्रकी प्राध्यापक रेहना पाण्डेले ल्याबले उत्कृष्ट र गुणस्तरिय सेवा दिदै आएको र ल्याबमा कार्यरत कर्मचारीको असल र सहयोगी व्यवहार, उत्कृष्ट, सहज र छिटो सेवाको कारण आफू लगायत अरु ग्राहकहरु नियमित आउने गरेको बताइन् ।

समाजसेवी हरिभक्त बुढाथोकीले उत्कृष्ट र गुणस्तरीय सेवासंगै आफना सेवाग्राहीलाई सम्मान दिने कार्यको शुरुवात के-ल्याबले गरेको उल्लेख गर्दै सेवाग्राहीले पनि के-ल्याबलाई उतिनै माया, सहयोग, हौसला दिनुपर्ने बताए ।

कार्यक्रमा के ल्याबका प्रशासन निर्देशक कान्ति गुरुंग थापा तथा ल्याब निर्देशक ज्योति आचार्य र ल्याबको क्वालिटी विज्ञ सुशील थापाले ल्याबमा स्थापनाकालदेखि निरन्तर आबद्ध रहि उत्कृष्ट काम गर्ने ल्याबकर्मी दिपक जोशी र अञ्जु फुयाँललाई सम्मान गरेका थिए । वरिष्ठ बाथरोग बिशेषज्ञ डा.अरुण कुमार गुप्तालाई समेत उनले बाथरोगको क्षेत्रमा पुर्याएकोे योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

के-ल्याबले ५० वर्ष पार गरेका पुरूषले जाच्नै पर्ने प्रोष्थेट ग्रन्थीको ट्युमर सम्बन्धी जाँचमा मे महिनाभरी ५० प्रतिशत छुट गरिने जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ९ : २२ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर