घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का « Khabarhub

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ। इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार घरेलु मैदानमा बोर्नमाउथसँग २–१ गोल अन्तरले पराजित भएसँगै शीर्ष स्थानको दौड थप रोचक बनेको छ । यता म्यानचेस्टर सिटीलाई अंक दूरी घटाउने अवसर खुलेको हाे ।

खेलमा बोर्नमाउथले उत्कृष्ट प्रदर्शन गर्दै आर्सनललाई दबाबमा राख्यो । खेलको १७औँ मिनेटमा अनुभवी मिडफिल्डर रायन क्रिस्टीको उत्कृष्ट पासमा एड्रियन ट्रुफर्टले दिएको क्रस डिफेन्सनबाट डिफ्लेक्ट हुँदै जुनियर क्रोउपीसम्म पुगेको थियो, जसलाई उनले सजिलै गोलमा परिणत गरे।

बोर्नमाउथले सुरुआती समयमा खेलमा नियन्त्रण जमाए पनि ३५औँ मिनेटमा क्रिस्टीको ह्यान्डबलपछि आर्सनलले पेनाल्टी पायो। उक्त अवसरलाई भिक्टर ग्योकेरेसले सदुपयोग गर्दै खेल १–१ को बराबरीमा ल्याए।

बराबरीपछि आर्सनल खेलमा फर्किने प्रयासमा देखिए पनि ७४औँ मिनेटमा बोर्नमाउथले उत्कृष्ट टिमवर्कमार्फत निर्णायक गोल गर्‍यो। क्रोउपीले लामो पास नियन्त्रणमा लिएर सब्स्टिच्युट ह्यारी ब्रुक्सलाई पास दिए। त्यसपछि बल एभानिल्सनमार्फत अगाडि बढ्दै एलेक्स स्कटसम्म पुग्यो। उनले उत्कृष्ट रूपमा गोलरक्षकलाई छक्याउँदै बललाई जाली चुमाए।

यस जितसँगै बोर्नमाउथले प्रभावशाली प्रदर्शन गरेको छ भने आर्सनलको उपाधि यात्रामा थप चुनौती थपिएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  १० : ३५ बजे

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले