नेपाली चिनीले बजार पाएन, गोदममै थन्क्याउनु पर्ने बाध्यता « Khabarhub

नेपाली चिनीले बजार पाएन, गोदममै थन्क्याउनु पर्ने बाध्यता


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नेपालमा उत्पादन भएको चिनीले बजार नपाएपछि करोडौं मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी बिक्री नभएको उद्योगको भनाइ छ ।

पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा चिनी उद्योगमा अहिले करीब ४२ हजार बोरा (२१ हजार क्विन्टल) चिनी बिक्री नभएर गोदाममा थन्किएको उद्योगका बिक्री शाखा प्रमुख दुर्गाप्रसाद चतुर्वेदीले बताए ।

अहिलेको अवस्थामा नेपाली चिनी उद्योगले विदेशबाट भित्रिएको चिनीसँग बजार भाउमा प्रतिस्पर्धा गर्न नसक्नु र वर्तमान चिनीको मूल्यअनुसार बिक्री गर्न उद्योग पक्षलाई निकै चुनौती देखिएको उद्योगको तर्क छ ।

वर्तमान मूल्यलाई बढाएर सरकारले चिनीको मुल्य प्रतिकेजी भ्याटसहित ७८ कायम गरे मात्र नेपाली उद्योगमा उत्पादित चिनीले बजार पाउनसक्ने अवस्था रहने चतुर्वेदीको भनाइ छ । हाल चिनीको बजार मूल्य प्रतिकेजी ६८ देखि रु ७० रहेको उद्योगले बताएको छ । सरकारले जसरी उखुको मूल्य निर्धारण गरेको छ सोहीअनुसार उद्योगको लागतको आधारमा चिनीको मूल्य निर्धारण गर्नुपर्ने उनले बताए ।

उखु पूर्ण गुणस्तरीय नहुँदा चिनी उद्योगमा उखुबाट निस्कने चिनीको मात्रा कम हुनु, नेपाली उद्योगमा उत्पादित चिनीको लागत बढी रकम पर्न जाँदा सहजैरुपमा विदेशी चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी अहिले बिक्री नभएर थन्किएको हो ।

यसैगरी पश्चिम नवलपरासीको कुडियास्थित बाग्मती चिनी उद्योगमा पनि अहिले करीब ५२ हजार क्विन्टल तयार गरिएको चिनी बिक्री नभएर थन्किएको अवस्था रहेको उद्योगले जनाएको छ ।

साल्ट ट्रेडिङले अघिल्लो वर्ष विदेशबाट मगाएको चिनी अझै बजारमा बिक्री गरिरहेको छ । यस्तो अवस्थामा नेपाली उद्योगमा उत्पादन भएको चिनी महँगो पर्न गई हालको अवस्थामा नेपाली चिनीले बजार पाउन नसकेको उद्योगका उखु महाप्रबन्धक गोपाल सापकोटाले बताए ।

यस उद्योगमा पनि अहिले तयारी अवस्थामा रहेको धेरै चिनी बिक्री भएको छैन । नेपाल सरकारको उखु उत्पादनसम्बन्धी प्रभावकारी योजना नहुँदा उखु किसान र उद्योग दुवै मर्कामा पर्दै आएको उद्योगको तर्क छ । सापकोटाले नेपाललाई चिनीको क्षेत्रमा आत्मनिर्भर बनाउन सक्ने अवस्था रहेको बताए । उनल यसका लागि सरकारले उखु उत्पादनसम्बन्धी प्रभावकारी नीति ल्याएर किसान र उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

३० देखि ३५ लाख क्विन्टल उखु उत्पादन हुँदै आएको पश्चिम नवलपरासीमा यस वर्ष करीब १८ देखि २२ लाख क्विन्टल मात्र उखु उत्पादन भएको अनुमान गरिएको छ । ढिलो गरी चिनी उद्योग सञ्चालनमा आएका कारण र जिल्लामा रहेका सबै चिनी उद्योग समयमै सञ्चालनमा नआउँदा किसानको केही उखु क्रसिङ हुन नसक्दा खेतमा रहने निश्चित छ । पश्चिम नवलपरासीमा करिब १० हजार घरपरिवार उखु खेतीमा निर्भर छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ९ : ४२ बजे

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन

जेलेन्स्कीलाई बर्नह्यामको पहिलो कूटनीतिक स्वागत, युक्रेनप्रतिको बेलायती समर्थन पुनः पुष्टि

लन्डन- बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार ग्रहण गरेको एक सातापछि

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा