भोलि र पर्सि हावाहुरीसहित पानी पर्ने सम्भावना, आइतवारदेखि मौसममा सुधार आउने « Khabarhub

भोलि र पर्सि हावाहुरीसहित पानी पर्ने सम्भावना, आइतवारदेखि मौसममा सुधार आउने


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चक्रवातको प्रभाव नेपालपनि पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चक्रवात “फानी”हाल बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित रहेको र बिस्तारै उत्तर–पूर्वी दिशातर्फ बढिरहेको महाशाखाले जनाएको छ । भोलि (शुक्रबार) बाट यो प्रणाली भारतको ओडीसाको तटीय क्षेत्र मा भित्रिने सम्भावना देखिएको छ । त्यसपश्चात यो प्रणाली फेरी उत्तर( पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने पूर्वानुमान मौसम विभागको छ ।

उक्त चक्रवात नेपाल तर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा भोलि (शुक्रबार) र पर्सि (शनिबार) मौसम केहि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाको छ । महाशाखाका अनुसार जसका कारणा पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जनरचट्टयाङ तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहको छ ।

त्यस्तै हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ । साथै देशको पश्चिमी क्षेत्रमा भोलि शुक्रबार पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा को सम्भावना देखिन्छ । आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  १० : ३८ बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक