के हो मधुमेह ? जानी राखौँ जोगिने १० उपाय « Khabarhub

के हो मधुमेह ? जानी राखौँ जोगिने १० उपाय


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

शरीरमा विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा आवश्यकभन्दा बढी हुने रोगलाई मधुमेह अर्थात चिनी रोग भनिन्छ । यसलाई अंग्रजीमा डाइबिटिज भनिन्छ । शरीमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । यो हर्मोन पेटमा अर्थात पेङक्रियाजले उत्पादन गर्छ ।

यसको उत्पादन कम भयो भने अथवा हर्मोनले राम्रोसँग काम गर्ने अवस्था आएन भने रगतमा चिनीको मात्रा बढेर जान्छ । रगतमा चिनीको मात्रा बढ्नुलाई हामी मधुमेह रोग लागेको भन्दछौँ । छिनछिनमा पिसाब लाग्नु, धेरै तिर्खा र भोक लाग्नु मधुमेह रोगको लक्षण हुन् । यो रोगको समयमा उपचार हुन सकेन भने विभिन्न जटिलताहरुले च्याप्ने छन् । विश्वमा ८.६ प्रतिशत मानिसलाई मधुमेह रोग लोगको अनुमान छ । नेपालमा पनि मधुमेह रोगबाट प्रभावित व्यक्तिको प्रतिशत त्यही हाराहारीमा रहेको अनुमान छ ।

हामीले समयमा नै केही विषयमा ध्यान पुर्‍याएको खण्डमा यो रोगबाट बच्न सक्छौँ । यस्ता छन् मधुमेहबाट जोगिने १० उपायः

१. नियमित शारीरिक व्यायाम गर्नेः

मधुमेहबाट जोगिन दैनिक रुपमा कम्तिमा ३० मिनेटका दरले व्यायाम गरौँ । व्यायामका लागि शरीरलाई असर पुग्ने जटिल कसरत नगरी हिँड्ने, दौडने तथा पौडी खेल्ने जस्ता क्रिया गरे पनि हुन्छ । त्यसरी गरिने व्यायाम चलायमान हुनुपर्छ ।

२. मानसिक तनाव कम गर्नेः

मानसिक तनावले मधुमेहसमेत बढ्ने भएको यसको नियन्त्रण गर्न आवश्यक हुन्छ । त्यसका लागि योगा, ध्यान गर्न सकिन्छ । एकान्तमा नबस्ने, साथीभाइसँग घुम्ने, बोल्ने गरेर पनि तनाव नियन्त्रण गर्न सकिन्छ । अनिधो बस्नबाट सधैँ जोगिनु उपयुक्त हुनेछ ।

३. सुर्तीजन्य/मदिराजन्य पदार्थ नखानेः

सुर्तीजन्य पदार्थको प्रयोगले मधुमेहको समस्या देखिने र यसको प्रभाव परिसकेपछि अझ बढाउँदै लैजाने भएकाले यसको प्रयोग नगरौँ । त्यस्तै, मदिराजन्य पदार्थ सेवनले पनि मधुमेह हुने र भइसकेकालाई थप बढाउने भएकाले यसको पनि प्रयोगमा निषेध गर्न आवश्यक हुन्छ ।

४. सन्तुलित र प्राकृतिक भोजन गर्नेः

मधुमेहका लागि सन्तुलित भोजन आवश्यक हुन्छ । प्राकृतिक रेसायुक्त भाजन गरौँ । त्यो भनेको दुई मुठी अन्न, तीन–चार टुक्रा मासु, दाल, दूध, दही, गेडागुडी र नुन कम हालेको फाइबरयुक्त तरकारी खाने हो । भोकै नबस्ने, दैनिक चारपटक खाने तर, थोरै थारै मात्र खाने ।

५. रातो मासु/जंकफुड सकभर नखानेः

सकभर स्वास्थ रहन मासु नखाएको राम्रो । मासु खानु नै हुन्छ भने रातो मासु नखानुहोस् । त्यसको सट्टा सेतो मासु अर्थात कुखुरा र माछा मात्र खाने गर्नुहोस् । माछामासु भन्दा रेसायुक्त सागसब्जी खानु उपयुक्त हुन्छ । त्यस्तै, चिप्स, कुकिज, बिस्कुट, कोक–फेन्टालगायत पदार्थको सेवन नगर्ने वा नियन्त्रण गर्ने ।

६. आफ्नो तौल नियन्त्रणमा राख्नेः

मधुमेहका लागि शरीरको तौल नियन्त्रणमा राख्नु महत्वपूर्ण हुन्छ । अधिक तौल वा मोटोपनाले मधुमेह हुने सम्भावना बढी हुन्छ । शरीरको उचाइअनुसार तौल हुन आवश्यक छ । उचाइ सेन्टिमिटरमा नाप्ने र त्यसमा एक सय घटाउने । बाँकी जति रहन्छ, त्यति बराबर तौल हुनुपर्छ । त्यस्तै, मोटोपनामा नाइटोदेखि गोलाइ नाप्दा पुरुषको ९० सेमि र महिलाको ८० समिभन्दा बढी हुनुहुँदैन ।

७. गर्भवतीले पोसिलो खाना खानेः

गर्भावस्थामा कुपोषण भएमा जन्मने बच्चा र आमालाई समेत मधुमेहले समाउँछ । त्यसैले, गर्भावस्थामा पोषिलो पौष्टिक आहार अनिवार्य छ । हरियो सागपात, गेडागुडी, फलफूल, दूध, दहीलगायत खानेकुरा प्रशस्त खान आवश्यक छ । तर, गर्भावस्थामा अधिक मोटोपना पनि हानिकारक हुन्छ । त्यसैले गर्भवतीले सन्तुलित हुन आवश्यक छ ।

८. जिब्रोमा गड्ने गुलिया पदार्थ नखानेः

खानासाथ जिब्रोमै गड्ने गुलिया मिठाई तथा पदार्थ खान हुँदैन । जस्तै, चिनी, मिठाई, आइसक्रिम, कोक–फेन्टा नखाऔँ । यसले मधुमेह लाग्ने र लागिसकेकालाईइ बढाउने काम गर्छ । तर, जमिनमुनि फलेका तरकारी, फलफूल र कन्दमूलहरु भने खान सकिनेछ ।

९. धेरैपटक तारेको खाद्यान्न नखानेः

धेरैपटक तारको खाद्यान्नमा ट्रान्सफ्याट (विषाक्त चिल्लो पदार्थ) हुने र यसले मधुमेह रोगका लागि अनुकूल अवस्था गरिदिने भएकाले यस्तो खाद्यपदार्थ नखानुहोस् । होटेल, रेस्टुरेन्ट र फ्याक्ट्रीमा बनेका तयारी खाजा तथा खानामा ट्रान्सफ्याट बढी हुन्छ । त्यसैले मधुमेहबाट जोगिन यस्ता खाद्यान्नबाट जोगिनुपर्छ ।

१०. वर्षको एकपटक स्वास्थ्य परीक्षण गर्नेः

मधुमेहबाट जोगिन वर्षको एकपटक स्वास्थ्य परीक्षण अनिवार्य गर्नुपर्छ । यो वंशाणुगतसमेत भएकाले बाबुआमा, बाजेबज्यैलाई यस्तो समस्या छ भने छोराछोरी, नातिनातिनीमा पनि यो रोग देखिन सक्छ । त्यसैले, परिवारमा रोग देखिएकोमा २५ वर्ष उमेर पुगेपछि र रोग नदेखिएको परिवारका सदस्यले ४० वर्ष उमेरदेखि यो रोगको परीक्षण गर्नुपर्छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ४ : २१ बजे

कांग्रेसको लक्ष्य : बहुमतसहित लोकतान्त्रिक र लोकहितकारी सरकार

काठमाडौं– नेपाली कांग्रेसले आमनिर्वाचनबाट बहुमतसहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार

छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल बनाउँछौ : कांग्रेस 

काठमाडौं– नेपाली कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञा पत्रमा छोराछोरी पढाउन आर्थिक

गगनले राष्ट्रिय सभा गृहमा भोलि जनताका प्रश्नको जवाफ दिने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी प्रतिज्ञापत्र सार्वजनिक गरेपछि

‘शिवांश’ पनि हलबाट निकाले, फागुन १ का तीनै फिल्म रोकिए

काठमाडौं – फागुन १ बाट प्रदर्शनमा आएका तीन फिल्महरु ‘श्री

नकाब लगाएर सिंहदरबार जलाउन कसैले पाउँदैन : सभापति थापा

काठमाडौं– जनकपुरधामको सभालाई सम्बोधन गर्दै उनले नकाब लगाएर सिंहदरबार जलाउन