बिहेको सामान पुर्‍याएर फर्कदै गरेको जीप दुर्घटना, सहचालकको मृत्यु | Khabarhub Khabarhub

बिहेको सामान पुर्‍याएर फर्कदै गरेको जीप दुर्घटना, सहचालकको मृत्यु


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ–बझाङको थलारा गाउँपालिकामा जीप दुर्घटना हँदा एक जनाको मृत्यु भएको छ । उनी जीपका सहचालक हुन् ।

थलारा गाउँपालिका–५ को गौमती खोलामा आज बिहान से१ज १००७ नंको जीप दुर्घटना हुँदा सोही गाउँपालिका–६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले जानकारी दिए ।

दुर्घटनापछि जीप चालक कमल साउँद सम्पर्कमा नरहेको उनले बताए । जीप विवाहको सामान पुर्‍याएर फर्कने क्रममा दुर्घटना भएको जनाइएको छ । जीप सडकबाट करीब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  १२ : ५६ बजे

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण

काठमाडौं– हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा,

हिरासत छल्न अस्पताल बस्ने प्रवत्तिबारे गृहमन्त्रीले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने