थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विवाह « Khabarhub

थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विवाह


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकक– थाई नरेश महावाजिरलङ्कोर्णले अकास्मात आफ्नै अंगरक्षकसँग विवाह गरेका छन् ।

थाई दरबारले जारी गरेको विज्ञप्ति अनुसार नरेश महा वाजिरलङ्कोर्णले आफ्नो व्यक्तिगत सुरक्षा दस्ताकी उपप्रमुखसँग विवाह गरी रानीको पद दिएको जनाएको छ ।

‘जनरल सुथिदा वाजिरलङ्कोर्ण ना आयुद्यालाई आफ्नी पत्नी बनाउने र रानीको पदमा बढुवा गर्ने निर्णय गरिबक्सेको छ । आइन्दा सुथिदा राजकीय पद र राजपरिवारकी सदस्यका रुपमा रहीबक्सनेछ ।’ दरबारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

लामो समयदेखि सुथिदा र महा वाजिरलङ्कोर्ण सार्वजनिक समारोहमा सँगै देखिने गरेका थिए भने उनीहरुबीच गहिरो सम्बन्ध रहेको आँकलन हुने गरिएपनि यो विषय औपचारिक रुपमा बाहिर आएको थिएन ।

थाई एअरवेजमा एअरहोष्टेज रहेकी सुदिथालाई महावाजिरलङ्कोर्णले सन् २०१४ मा आफ्नो अंगरक्षक एकाइका उपप्रमुख बनाएका थिए भने सन् २०१६ मा थाई सेनाको जनरलमा बढुवा गरेका थिए ।

६६ वर्षे थाई नरेशले ४० वर्षे सुदिथासँग विवाह गर्नुअघि तीनपटक विवाह गरी सम्बन्ध विच्छेद गरिसकेका छन् ।

सन् २०१६ मा तत्कालिन नरेश भूमिबोल अदुल्यदेजको निधन भएसँगै महावाजिरलङ्कोर्ण थाइल्याण्डको राजा बनेका थिए । उनको औपचारिक गद्दिआरोहण भने शनिबारबाट शुरु हुने कार्यक्रम छ ।

आफ्नो औपचारिक गद्दिआरोहण अघि थाई नरेशले विवाह गरेका हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  २ : २१ बजे

प्रदेशलाई भोट नहालेको तीन वर्षमै फेरियो बालेन्द्रको बोली

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह

निर्वाचनमा कतिपय स्थानमा तालमेल हुन पनि सक्छ : उपाध्यक्ष गुरुङ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले

शेख हसिनाका छोरा सजीबको चेतावनी, ‘निर्वाचनपछि जमात-ए-इस्लामी भारतका लागि खतरा बन्न सक्छ’

ढाका- बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजिदले आगामी

डेब्यू फिल्म ‘कुमारी’ रिलिज नहुँदै अबिषेकले साइन गरे ‘श्रीनिवास, हरिवंशसँग स्क्रिन सेयर गर्दै

काठमाडौं – ‘कुमारी’बाट लिड नायकमा डेब्यू गरेका अबिषेक खड्काले अर्को

चिकित्सकले रोकेपछि रवि चितवन गएनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चिकित्सकको सल्लाहका कारण