उदाउँदो सूर्यलाई अर्घ दिएर वासन्ती छठ समापन « Khabarhub

उदाउँदो सूर्यलाई अर्घ दिएर वासन्ती छठ समापन


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर यसवर्षको वासन्ती छठ पर्व सम्पन्न गरिएको छ । मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिएका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न गरेका हुन् ।

मिथिलामा वासन्ती छठलाई बोलीचालीमा ‘चैती छठ’ भनिन्छ । वसन्त ऋतुमा मनाइने हुँदा यसलाई वासन्ती छठ भनिएको पाका मैथिल बताउँछन् । चैत शुक्लपक्षमा मनाइने हुँदा आम बोलीमा यसलाई ‘चैती छठ’ भन्ने गरिएको हो ।

चारदिने यो पर्व चैत शुक्ल चौथी (चतुर्थी) देखि सप्तमीसम्मको हुन्छ । यसपालि गत आइतबार चैत शुक्ल चतुर्थी (चौथी)का दिन ‘नहाय–खाय’ र सोमबार पञ्चमी तिथिका दिन व्रतालुले ‘खरना’ विधि सम्पन्न गरेका थिए । यसैगरी मङ्गलबार षष्ठी तिथिको निराहार व्रत बसेर बर्तालुले साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिएका थिए । यसलाई ‘सझुका अरख’ भन्ने गरिएको छ । त्यसैगरी आज उदाउँदो सूर्यलाई दिइएको अर्घ विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।

शरद् र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य र सूर्य पत्नी षष्ठीको उपासनाको पर्व मानिन्छ । शरद् ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व मनाइन्छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  १० : ०६ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता