कासिलासलाई हर्टअट्याक, अवस्था स्थीर « Khabarhub

कासिलासलाई हर्टअट्याक, अवस्था स्थीर


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका गोलरक्षक इकर कासिलासलाई हर्टअट्याक( हृदयघात ) भएको छ ।

पोर्चुगिज क्लब पोर्तोमा अभ्यासका क्रममा कासिलासलाई हृदयघात भएको थियो ।

३७ वर्षिय कासिलासको अवस्था स्थीर रहेको र उनी निगरानीमा भएको अस्पतालले जनाएको छ ।

कासिलासले भने सबै चिज नियन्त्रणमा रहेको बताएका छन् ।

रियलमड्रिडका महान गोलरक्षक समेत रहेका कासिलासले ठूलो डर भएपनि आफूमा शक्ति रहेको बताएका थिए ।

पोर्टोले विज्ञप्ति जारी गर्दै बुधवार विहान हर्टअट्याकको सामना गरेको जनाएको छ ।

कासिलासले १६ वर्षे आफ्नो करियरमा रियलको लागि वर्नवाउमा ७२५ खेल खेले । त्यसक्रममा उनले तीन च्याम्पियनस् लिग एवं पाँच लालिगा जितेका थिए ।

त्यस्तै उनले स्पेनिस टिमबाट दुई युरोपियन च्याम्पियन्स लिग र सन् २०१० को विश्वकप जिताएका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  २ : ४० बजे

सिमकोटमा खानेपानीको अभाव

हुम्ला- जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि

रञ्जित रेको नजरमा जेन-जी सरकार र नेपालको आगामी यात्रा

स्थापना भएको चार वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टीले विशाल बहुमत प्राप्त

छोरीसँगै किमद्वारा रकेट प्रहार अभ्यास अवलोकन

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी किशोरी छोरीसँगै

एन्फा राष्ट्रिय लिगमा जावलाखेलको जित, काक्रेबिहार पराजित 

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले काक्रेबिहार