विश्वकप २०१९ : चर्चित ५ खेलाडीका लागि हुनेछ अन्तिम ओडीआई | Khabarhub Khabarhub

विश्वकप २०१९ : चर्चित ५ खेलाडीका लागि हुनेछ अन्तिम ओडीआई


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– आईसीसी पुरुष क्रिकेट विश्वकप २०१९ प्रतियोगिता शुरु हुन मात्रै २८ दिन बाँकी छन् । प्रतियोगिता इङ्ग्ल्यान्ड र वेल्समा गरी संयुक्त रुपमा मे ३० देखि जुलाई १४ सम्म चल्नेछ ।

यतिबेला आईसीसीले विश्वकपमा डेब्यू गर्ने खेलाडीदेखि यो विश्वकप पछि एकदिवसिय अन्तर्राष्ट्रिय (ओडीआइ) क्रिकेट फर्म्याटबाट सन्यास लिन सम्भावना रहेका खेलाडीको चर्चा गरिरहेको छ ।

केही दिन अगाडि आईसीसीले डेब्यू गर्ने ५ खेलाडीको नाम सार्वजनिक गरेको आईसीसीले बुधबार सन्यास लिन सक्ने खेलाडीको सूची सार्वजनिक गरेको छ ।

जसमा हिटर ब्याट्सम्यान क्रिस गेलदेखि दक्षिण अफ्रिकाका इमरान ताहिरसम्मको नाम रहेको छ ।

भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीको पनि यो विश्वकप अन्तिम हुने अधिकांशले अनुमान लगाइरहँदा आईसीसीले भने उनलाई सन्यास घोषणा गर्ने खेलाडीको सूचीमा राखेको छैन ।

सूचीमा वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेल, दक्षिण अफ्रिकाका अलराउण्डर जेपी डुमिन्या, डेल स्टेन्येन र लेग स्पिनर इमरा ताहिर, पाकिस्तानका कप्तान सोयव मलिक छन् ।

क्रिस गेल (वेस्ट इन्डिज)

लामो सर्ट प्रहार गर्न माहिर मानिने वेस्ट इन्डिजका हिटर ब्याट्सम्यान क्रिस गेल ७ महिनापछि फ्रेबु्रअरी महिनामा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआइ) फर्म्याटका लागि राष्ट्रिय टोलीमा फर्किएका हुन् । अन्तिम ओडीआइको दौड उत्हासजनक बनाइरहेका छन् ।

‘कमब्याक’ पछि उनले यो विश्वकप आफ्ना लागि अन्तिम ओडीआइ प्रतियोगिता भएको घोषणा गरिसकेका छन् ।

उनको घोषणालाई लिएर उनका प्रसंशकहरुले किन टाढिन खोज्दैछन् भनेर पनि चिन्ता व्यक्त गरेका थिए । तर, उनले आफ्नो कमव्यागमा शीर्ष स्थानको इङग्ल्यान्डविरुद्धका शुरुवाती ४ खेलमा आक्रामक खेल्दै ४२४ रन बनाएका थिए । जसमा उनले २ शतक र अर्धशतक पूरा गरेका थिए ।

यतिबेला उनले आफ्नो लय कायम राखे सन् १९७९ पछि पहिलो पटक वेस्ट इन्डिजले विश्वकप उपाधि उचाल्ने संभावना छ । गेलले भारतविरुद्ध ११ सेप्टेम्बरमा ओडीआइ खेलमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।

जेपी डुमिनी (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिकाका जेपी डुमिनीका लागि पनि इङ्ग्ल्यान्ड र वेल्समा हुने विश्वकप अन्तिम ओडीआइ प्रतियोगिता हुनेछ । उनले यसअघि नै ट्वान्टी–२० क्रिकेटमा सक्रिय रहेपनि ओडीआइबाट सन्यास लिने घोषणा गरिसकेका छन् ।

एक महिना लामो आरामबाट फर्किएपछि उनले ५० ओभरको फर्म्याटबाट विदा लिने निर्णय गरेको आईसीसीले जनाएको छ । डुमिनीले २० अगस्ट २००४ मा श्रीलंकाविरुद्ध कोलम्बोमा भएको खेलबाट राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।

उनले अहिलेसम्म खेलेका २ सय ओडीआइ खेलमा ५ हजार ४७ रन बनाएका छन् ।

इमरान ताहिर (दक्षिण अफ्रिका)

पाकिस्तानमा जन्मिएका इमरान ताहिरले आफ्नो क्रिकेट करियर दक्षिण अफ्रिकाबाट शुरु गरे । उनका लागि पनि इङ्ग्ल्यान्ड विश्वकप ओडीआइको अन्तिम प्रतियोगिता हो । उनले मैदानमा देखाएको प्रदर्शन क्रिकेट प्रसंशकका लागि सदैब यादगार बन्ने विश्लेषकहरुले बताउँदै आएका छन् ।

उनी पनि टिम मेट डुमिनी जस्तै, ट्वान्टी–२० प्रतियोगितालाई निरन्तरता दिनेछन् । जुन उनका लागि सधैं सहज हुने फर्म्याट हो । उनी ओडीआइमा पनि उत्तिकै सफल स्पिन क्रिकेटर हुन् । उनले अहिलेसम्मका खेलमा २४.२१ को एभ्रेजमा १ सय ६२ खेल खेलेका छन् ।

सोयव मलिक (पाकिस्तान)

ब्याट्सम्यान, ह्यान्ड अफ स्पिनर र उत्कृष्ट फिल्डर तथा सफल कप्तान सोयव मलिकका लागि पनि यो विश्वकप अन्तिम ओडीआइ प्रतियोगिता हो । पाकिस्तानका लागि आत्मविश्वासी, डायनामिक क्रिकेटरमा पर्छन् मलिक ।

२ सय ८२ ओडीआइ खेलेका भेट्रान मलिकले ७ हजार ४ सय ८१ रन बनाएका छन् । उनी पाकिस्तानका लागि सर्वाधिक धेरै रन बनाउने ५ खेलाडी भित्र पनि पर्छन् । उनले १ सय ५६ विकेट लिएका छन् भने ९६ क्याच पनि गरेका छन् ।

सन् १९९९ बाट शुरु भएको आडीआइ क्रिकेट करियरबाट बिदा लिने सम्बन्धमा गत वर्षको जुनमै घोषणा गरेका थिए ।

डेल स्टेन (दक्षिण अफ्रिका)

इन्जुरीले सताएका दक्षिण अफ्रिकी क्रिकेटर स्टेनका लागि पनि विश्वकप अन्तिम ओडीआइ प्रतियोगिता हो । विश्वका सबैभन्दा तीव्र गतिका बलरमध्येका स्टेनसँग जस्तोसुकै ब्याट्सम्यान पनि डराउने गर्छन् ।

क्षमतावान स्टेन यो विश्वकपमा अफ्रिकाका लागि महत्वपूर्ण खेलाडी हुन् भने उनी पनि सुखद् बिदाइको अपेक्षासहित मैदान उत्रिनेछन् ।

सन्यास लिने निश्चित नभए पनि उनले गएको वर्षको जुलाइमा निश्चित ओभरको फर्म्याटबाट टाढिन चाहेको प्रतिक्रिया दिएका थिए ।

२०१५ को विश्वकपमा न्यूजिल्यान्डसँग सेमिफाइनलमा पराजित हुँदै बाहिरिएको अफ्रिकालाई विश्वकप उपाधि दिलाउनु आफ्नो मुख्य लक्ष्य रहेको उनको भनाइ थियो ।

उनले अफ्रिकाको राष्ट्रिय टोलीबाट सन् १७ अगस्ट २००५ मा एसीसीको टोली एसिया–११ विरुद्ध खेल्दै डेब्यू गरेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ३ : २२ बजे

बाँकेमा लागूऔषध दुर्व्यसनीविरुद्ध अभियान

नेपालगञ्ज– जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको एकीकृत

दस महिनामा झण्डै दुई लाख पर्यटकबाट अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी– पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक

आज सीता जयन्ती मनाइँदै

काठमाडौं– आज सीता जयन्ती पर्व मनाइँदै छ । प्रत्येक वर्ष

नीति कार्यक्रम त पढियो, अब बजेट कसरी ?

काठमाडौं – संसदमा मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको

आदर्श नारी सीता पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहर : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक र