२९ जनाको मोतियाबिन्दुको निःशुल्क उपचार « Khabarhub

२९ जनाको मोतियाबिन्दुको निःशुल्क उपचार


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– वीरगन्ज महानगरपालिका–२ छपकैयामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा १५१ जनाले सेवा लिएका छन् । शिविरमा आँखा परीक्षण गरिएकामध्ये २९ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।

छपकैया नेपाली समाजको आयोजना तथा वीरगञ्ज सामुदायिक आँखा अस्पताल र काठमाडौँस्थित तिलगङ्गा आँखा अस्पतालको सहयोगमा शनिबार शिविर सञ्चालन गरिएको हो ।

आर्थिक अभावका कारण आँखाको उपचारबाट वञ्चित नागरिकलाई लक्षित गरी आयोजना गरिएको शिविरमा मोतियाबिन्दु देखिएका बिरामीको सोही दिन निःशुल्क शल्यक्रिया गरिएको शिविरका संयोजक अजित भुजेलले जानकारी दिए ।

छपकैया नेपाली समाजले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आगामी दिनमा पनि विभिन्न सामाजिक तथा जनहितकारी कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ ।

संयोजक भुजेलले निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, सरसफाइ अभियान तथा जनचेतनामूलक कार्यक्रमलगायत सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको बताए ।

सम्बन्धित सङ्घसंस्था तथा सरोकारवालासँग सहकार्य गरी स्थानीय समुदायको स्वास्थ्य, सामाजिक एकता, सरसफाइ र जनचेतनाका क्षेत्रमा योगदान पुर्याउनु समाजको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ७ : ३७ बजे

२९ जनाको मोतियाबिन्दुको निःशुल्क उपचार

पर्सा– वीरगन्ज महानगरपालिका–२ छपकैयामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा १५१

सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सशस्त्रको सहकार्य

रौतहट– सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न

दशौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन

कर्णाली– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक

स्पेनिस ला लिगा : डिपोर्टिभो अलाभेससँग रियल मड्रिड स्तब्ध

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड डिपोर्टिभो अलाभेससँग स्तब्ध

नेपालगञ्जको हडियाबाबा आश्रम धार्मिक पर्यटकीय क्षेत्र बन्दै

बाँके– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस