नक्कली भ्याट बिल बनाएर ५ सय व्यवसायीले गरे ६ अर्बको राजश्व छली | Khabarhub Khabarhub

नक्कली भ्याट बिल बनाएर ५ सय व्यवसायीले गरे ६ अर्बको राजश्व छली


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– ५ सय व्यवसायीले साढे ६ अर्बको नक्कली भ्याट बिल पेश गरि राजश्व छली गरेको राजस्व अनुसन्धान विभागको अनुसन्धानबाट खुलासा भएको छ । विगत केही वर्षयता व्यवसायीले कर तिरेको बिल पेश गरेको अनुसन्धान गर्दा यस्तो तथ्य फेला परेको विभागले जानकारी दिएको छ ।

२०७० सालयता व्यवसायीले पेश गरेको भ्याट बिलको अनुसन्धान भइरहेको विभाग जानकारी दिएको छ । जसमा साढे ६ अर्बको नक्कली कर तिरेको भ्याट बिल पेश गरेर कर छली गरेको हुनसक्ने अनुमान गरिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले बताएका छन् ।

नक्कली भ्याट बिल पेश गरेर कर छली गरिरहेको अनुसन्धानका क्रममा तथ्य फेला पदै गएको महानिर्देशक मैनालीले बताए । उनले भने, ‘विगतभन्दा फरक प्रकरण र प्रकृतिका कम्पनीहरु यस्तो कार्यमा संलग्न भइरहेको अनुसन्धानका क्रममा भेटिएको छ । विभागले गरेको अध्ययनमा विभिन्न शैली अपनाएर साढे ६ अर्ब बराबरको नक्कली भ्याट बिल जारी गरेको देखिएको छ । राजस्वको मापदण्डभित्र ती बिल पुन सच्याउनुपर्ने अवस्था छ ।’

विभागले चालू आर्थिक वर्ष सुरु भएको ९ महिनामा १ सय ६७ जना व्यवयासीलाई राजश्व छली गरेको मुद्धा अदालतमा पेश गरेको जनाएको छ । जसमा १ अर्ब ७५ करोड विगो दाबी गरिएको छ । राजश्व चुहावटको मुद्धामा २४ जना जेलमा चलान पनि भएका छन् ।

व्यवसायीहरुले  मजदुर र आर्थिक कारोवार नगर्ने व्यक्तिका नाममा बैकिङ कारोवार गरी कर छली गर्ने गरेको विभागले जनाएको छ । व्यवसायीले आफनै कम्पनीमा काम गर्ने मजदुरकै नाममा आर्थिक कारोवार गरेको नक्कली भ्याट बिल बनाएर पेश गर्ने गरेको अनुसन्धानका क्रममा भेटिरहेको विभागको भनाइ छ ।

यो विषयमा विभागले गहन अध्ययन गरिररहेको जनाएको छ । उनीहरु विरुद्ध कडा कारबाही र पुन: कर तिर्ने गरी कारबाही हुनसक्ने महानिर्देशक मैनालीले जानकारी दिए । यसरी नक्कली बिल बनाए पेश गर्ने व्यवसायीविरुद कर ऐन २०५८ अनुसार कारबाही हुने उनले जानकारी दिए ।

१३ प्रतिशत भ्याट र खर्च देखाई २५ प्रतिशत आयकर छली गरेको अनुसन्धानबाट खुलासा भएको विभागले जनाएको छ ।

नक्कली बिल कारोवार गर्ने ८० जनालाई अनुसन्धान गर्दै

विभागले कम्पनी नै खडा गरेर नक्कली बिलको करोडौं कारोबार हुने गरेको तथ्य फेला परेको जनाएको छ । यसरी कारोवार गर्ने ८० जनाका बारेमा अनुसन्धान भइरहेको विभागले जानकारी दिएको छ । जसमा २४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको विभागले जनाएको छ । २४ जनामध्ये ८ जना राजश्व कार्यलयमा काम गर्ने कर्मचारी नै पक्राउ परेक छन् ।

कम्पनी दर्ता गर्ने व्यक्ति र अन्य कुनै एक नियन्त्रित व्यक्तिलाई कर्मचारीका रुपमा राखी खाता सञ्चालन गरि राजस्व चुहावटको बिल बनाउने गिहोर नै सक्रिय रहेको विभागले जनाएको छ । उक्त कम्पनीको सञ्चालकको नाममा बैंक खाता खोल्ने र त्यसको अधिकार गिरोहले आफूमा राख्ने गरेको पाइएको छ । कम्पनीबाट बिक्री गर्दै चेकमार्फत रकम लिएर अर्को मान्छेका नाममा भ्याट छली भइरहेको महानिर्देशक मैनालीले बताए।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ३ : १५ बजे

सात हजार भन्दाबढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै 

खोटाङ– यही जेठ १३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपीभी खोप

प्रधानमन्त्री, सभामुख र ओलीबीचको छलफलमा रवि पनि पुगे  

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

गोरखाका किसानलाई अनुदानमा ट्रयाक्टर

गोरखा– जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५० प्रतिशत

ट्राफिक कारबाहीबाट चार करोड राजस्व संकलन  

अत्तरिया– सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा

अर्जेन्टिनाविरुद्ध फोकल्याण्डमा लडेका लाहुरेको नवौं कृति

सुनसरी- जीवनको उर्जाशील युवा समय काँधमा राइल बोकेर परेड खेल्दै