‘दाल, भात, तरकारी’ ले करिअरलाई फाइदा गर्ला तर घाटा हुँदैन: पुष्प खड्का « Khabarhub

‘दाल, भात, तरकारी’ ले करिअरलाई फाइदा गर्ला तर घाटा हुँदैन: पुष्प खड्का


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्युजिक भिडियोका दर्शकका लागि पुष्प खड्का नौलो नाम होइन । उनले कैयन् म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । पछिल्लो समय उनी फिल्म क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । युवापुस्तामा सम्भावना देखाएका अभिनेताको सूचीमा पुष्पको नाम पनि अटाउँछ ।

चलचित्र ‘दर्पण छायाँ २’ बाट दर्शकको खासै मन जित्न नसकेका पुष्पले चलचित्र ‘मंगलम्’ भने गज्जबको चर्चा कमाए । सो फिल्ममा उनको अभिनयको पनि तारिफ भयो । उनी यतिबेला फिल्म ‘मारुनी’ को छायांकनमा व्यस्त छन् ।

भोलि शुक्रवारबाट रिलिज हुन लागेको फिल्म ‘दाल, भात, तरकारी’ मल्टिस्टारर फिल्म हो । फिल्ममा कलाकारको जम्बो टोली छ । फिल्मबाट पुष्प आशावादी पनि छन् । उनी भन्छन्, ‘फिल्म मल्टिस्टारर हो भन्ने त सबैलाई थाहा छ, म र आँचल शर्मालाई युवापुस्ताकै आफ्नै भूमिकामा देख्नुहुनेछ ।’

फिल्ममा सबै कलाकारको भूमिका समानान्तर रुपमा अगाडि बढेको उनी बताउँछन् । उनका अनुसार यो फिल्मले आफ्नो करिअरलाई पनि फाइदा पुग्नेछ । ‘फिल्मले मेरो करिअरलाई फाइदा पुर्‍याउला तर घाटा पुर्‍याउँदैन,’ पुष्पले सुनाए ।

यतिबेला फिल्म ‘मारुनी’ को छायांकनमा व्यस्त पुष्प पछिल्लो समय म्युजिक भिडियोमा भने खासै देखिएका छैनन् । अहिले फिल्मको छायांकन र प्रचारले उनको व्यस्तता बढाइरहेको छ ।

‘मंगलमबाट दर्शकले मेरो काम रुचाउनुभयो तर धेरै दर्शकले यो फिल्म हेर्नुभएन, ‘दाल, भात, तरकारी’ बाट पुष्प पनि राम्रो कलाकार हो भन्ने दर्शकलाई लाग्नेछ,’ पुष्पले सुनाए, ‘फिल्ममा सबै कलाकारको समानान्तर भूमिका छ, फिल्मले दर्शकलाई मनोरञ्जन र सन्देश दिन्छ ।’

फिल्ममा काम गर्दा आफूले पनि थप नयाँ कुरा सिकेको पुष्पले बनाए ।

चलचित्रमा पुष्पका अलावा आँचल शर्मा, हरिवंश आचार्य, निरुता सिंह, बसुन्धरा पौडेल, वर्षा राउत, यमन श्रेष्ठ, किरण केसी लगायतका कलाकारको अभिनय छ । चलचित्रमा हरिवंश आचार्यको लेखन र सुदन केसीको निर्देशन छ ।

तस्वीरहरू: पुष्प खड्काको फेसबूकबाट

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ३ : २९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह