सेल्फी खिच्दा ध्यान दिनुस्, गयो २५९ को ज्यान | Khabarhub Khabarhub

सेल्फी खिच्दा ध्यान दिनुस्, गयो २५९ को ज्यान


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय सेल्फी लिने प्रचलन बढ्दो छ । सामाजिक सञ्जालमा आफ्ना राम्रा राम्रा सेल्फी तस्वीर अपलोड गरेर लाइक र कमेन्ट बटुल्न पछिल्लो पुस्ताका युवायुवती खुबै लागि परेको देखिन्छ ।

त्यस्तै, निकै जोखिमपूर्ण स्थानमा सेल्फी खिचेर ज्यान गुमाउने मानिसहरुको सङ्ख्या पनि बढ्दै गएको छ ।

भारतमा यसैगरी सेल्फी लिने क्रममा रेलले किचर तीन जनाको मृत्यु भएको छ ।

घटना हरियाणा राज्यको पानीपतको हो । जहाँ विवाहमा आएका चार किशोरले रेलको लिकमा उभिएर सेल्फी खिचिरहेका थिए, उत्तिनै बेला रेलले उनीहरुलाई किच्यो । तीन जनाको मृत्यु भयो भने अर्का किशोर भागेर आफ्नो ज्यान जोगाउन सफल भए ।

मृत्यु भएका तीन किशोरमध्ये दुई जना १९ वर्षे र अर्का १८ वर्षको रहेको भारतीय अधिकारीले जनाएका छन् ।

हरेक वर्ष सेल्फी लिनेक्रममा विश्वभर दर्जनौंको ज्यान जानेगरेको छ । एक अध्ययन अनुसार सन् २०११ देखि २०१७ को बीचमा मात्रै सेल्फी लिनेक्रममा विश्वभर करिब २५९ जनाको ज्यान गएको उल्लेख छ । सेल्फी लिने क्रममा ज्यान गुमाउनेमा सबैभन्दा धेरै भारतका रहेको बताइन्छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ३ : १३ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका