सेल्फी खिच्दा ध्यान दिनुस्, गयो २५९ को ज्यान « Khabarhub

सेल्फी खिच्दा ध्यान दिनुस्, गयो २५९ को ज्यान


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय सेल्फी लिने प्रचलन बढ्दो छ । सामाजिक सञ्जालमा आफ्ना राम्रा राम्रा सेल्फी तस्वीर अपलोड गरेर लाइक र कमेन्ट बटुल्न पछिल्लो पुस्ताका युवायुवती खुबै लागि परेको देखिन्छ ।

त्यस्तै, निकै जोखिमपूर्ण स्थानमा सेल्फी खिचेर ज्यान गुमाउने मानिसहरुको सङ्ख्या पनि बढ्दै गएको छ ।

भारतमा यसैगरी सेल्फी लिने क्रममा रेलले किचर तीन जनाको मृत्यु भएको छ ।

घटना हरियाणा राज्यको पानीपतको हो । जहाँ विवाहमा आएका चार किशोरले रेलको लिकमा उभिएर सेल्फी खिचिरहेका थिए, उत्तिनै बेला रेलले उनीहरुलाई किच्यो । तीन जनाको मृत्यु भयो भने अर्का किशोर भागेर आफ्नो ज्यान जोगाउन सफल भए ।

मृत्यु भएका तीन किशोरमध्ये दुई जना १९ वर्षे र अर्का १८ वर्षको रहेको भारतीय अधिकारीले जनाएका छन् ।

हरेक वर्ष सेल्फी लिनेक्रममा विश्वभर दर्जनौंको ज्यान जानेगरेको छ । एक अध्ययन अनुसार सन् २०११ देखि २०१७ को बीचमा मात्रै सेल्फी लिनेक्रममा विश्वभर करिब २५९ जनाको ज्यान गएको उल्लेख छ । सेल्फी लिने क्रममा ज्यान गुमाउनेमा सबैभन्दा धेरै भारतका रहेको बताइन्छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ३ : १३ बजे

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल