युवतीका विषयमा जन्ती र घरगाउँलेबीच कुटाकुट, एक जनाको मृत्यु « Khabarhub

युवतीका विषयमा जन्ती र घरगाउँलेबीच कुटाकुट, एक जनाको मृत्यु


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गारखा– गोरखामा युवती जिस्काएको निहुँमा विवाहमा आएका जन्ती र बेहुली पक्षबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ ।

लमजुङको राइनस नगरपालिका–४, अल्कटारबाट आएका जन्ती र गोरखा पालुङटार नगरपालिका–४ कुमाल गाउँका बेहुली पक्षबीच युवती जिस्काएको विषयमा विवाद हुँदा कुटाकुट भएको हो ।

बेहुली पक्षाकाले कुटपिट गर्दा घाइते भएका जन्ती पक्षका ३४ वर्षीय विष्णुबहादुर कुमालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा कुमालको मृत्यु भएको हो ।

बेहुली लिएर फर्कंदै गर्दा १७–१८ जना युवाको समूहले जन्ती बोकेको गाडीलाई बीच बाटोमै रोकेर कुटपिट गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नको खोजी भइरहेको र शंका लागेका केहीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ३ : २७ बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा