लागुऔषधसहित दुई जना पक्राउ, ३१ किलो गाँजा फेला « Khabarhub

लागुऔषधसहित दुई जना पक्राउ, ३१ किलो गाँजा फेला


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– प्रहरीले लागुऔषधसहित दुईलाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ का ३७ वर्षीय सञ्जय महर्जन र बिहार मुजफ्फरपुरको सदातपुर बस्ने २६ वर्षीय राजकुमार यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहीवार रातोमाटोमा शङ्कास्पद रूपमा पार्किङ गरी राखेको बिआर २९७५६५ नंको भारतीय सुमोलाई जाँच गर्दा उक्त सुमोको पछाडिको नम्बरप्लेट राख्ने भागमा फल्स बटम बनाई लुकाइछिपाइ राखेकोे अवस्थामा चार पोकामा ३१ किलो लागुऔषध गाँजा फेला परेको थियो ।

सुमोमा रहेका भारतीय नागरिक राजकुमार यादवसहति गाँजा र सुमोलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयम मकवानपुरबाट खटिएको विशेष टोलीले हेटौँडा–१ स्थित सुमो काउन्टरमा शङ्कास्पद रूपमा हिँडिरहेको सञ्जय महर्जनलाई खानतलासी गर्दा लागुऔषध डाइजेपाम ३० एम्पुल, नोर्फिन ३० एम्पुल र फेनार्गन ३० एम्पुल फेला परेको थियो । बरामद भएका लागुऔषधसहित उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ४ : ३२ बजे

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा

पल्सर स्पोर्टस अवार्ड आज पोखरामा

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन