हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित « Khabarhub

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले लिभरपुल माथि ४–० को प्रभावशाली जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। लिभरपुल भने प्रतियोगिताबाट बाहिरिएको हो।

अर्लिङ हालान्डले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे। उनले पहिलो गोल पेनाल्टीमार्फत गरेका थिए भने दोस्रो गोल हेडमार्फत पहिलो हाफको अन्त्यतिर गरेका थिए। तेस्रो गोल दोस्रो हाफमा गर्दै उनले टोलीको जित सुनिश्चित गरे।

खेलको सुरुआतमा लिभरपुलले राम्रो प्रदर्शन गरे पनि निर्णायक समयमा रक्षात्मक कमजोरी देखिएको थियो। कप्तान भर्जिल भान डाइकले पेनाल्टी दिएपछि खेलको मोड सिटीतर्फ मोडिएको थियो। त्यसपछि सिटीले लगातार आक्रमण गर्दै खेलमा पूर्ण नियन्त्रण कायम गर्‍यो।

सिटीका लागि अर्को गोल एन्टोइन सेमेन्योले गरे। दोस्रो हाफ सुरु भएको केही समयमै उनले गोल गर्दै अन्तर फराकिलो पारेका थिए।

लिभरपुलका स्टार खेलाडी मोहम्मद सलाहले पेनाल्टी अवसर खेर फालेपछि टोलीको पुनरागमन सम्भावना कमजोर बनेको थियो। खेलभर सिटीले दबाब बनाइरहँदा लिभरपुल प्रभावहीन देखियो ।

यो जितसँगै म्यानचेस्टर सिटी लगातार आठौँ पटक एफए कपको सेमिफाइनलमा पुगेको छ भने लिभरपुलका लागि यो हार ठूलो झट्का बनेको छ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  १० : २७ बजे

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको

‘बाढी पीडितबारे बोल्दा ‘घण्टी’ समर्थकबाट बलात्कार गरेर मारिदिने धम्की आउँछ’

काठमाडौं- नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले आफूलाई राष्ट्रिय स्वतन्त्र

बाढीपीडितलाई भायानेटको २० लाख सहयोग

काठमाडौं– रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा

संसद्‍मा उभिएर वर्षमानको आक्रोश : सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघ्यो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारको कार्यशैलीप्रति