काठमाडौंमा ‘सार्क चेम्बर अफ कमर्श’को बैठक शुरु « Khabarhub

काठमाडौंमा ‘सार्क चेम्बर अफ कमर्श’को बैठक शुरु


१९ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रि कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

सार्क क्षेत्रको आर्थिक विकासमा सहकार्य गरेर अघि बढने उद्देश्यका साथ सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिको ७७ औं कार्यकारिणी समितिको बैठक बिहीबारबाट काठमाडौंको चन्द्रागिरीमा शुरु भएको हो ।

२ दिनसम्म चल्ने बैठकको उद्घाटन सभामुख कृष्णबहादुर महराल गरेका थिए । सार्क क्षेत्रको आर्थिक विकासमा सदस्य राष्ट्रका उद्योगी÷व्यवसायीहरुले कसरी मिलेर अघि बढने भन्ने विषयमा केन्द्रित भएर सो बैठक सुरु भएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । बैठकमा सार्क राष्ट्रका उद्योगीहरुले क्षेत्रीय सम्भावना र त्यसको विकासका लागि संयुक्त लगानी गर्ने विषयमा पनि विस्तृत छलफल गर्नेछन ।

कार्यक्रममा बोल्दै सभामुख महराले सार्क क्षेत्रका जनताको जीवनस्तर उठाउने गरी सहकार्य गरेर अघि बढ्न उद्योगी÷व्यवसायीहरुलाई आग्रह गरे । उनले सार्कमा ठूल्ठूला सम्भावना भएपनि त्यसको विकास गरेर आर्थिक प्रगति गर्न सदस्य राष्ट्रका उद्योगीहरुबीच सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  ४ : ५६ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका