आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वभाविक रुपमा लिन देउवाको आह्वान « Khabarhub

आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वभाविक रुपमा लिन देउवाको आह्वान


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासन र आन्तरिक लोकतन्त्रिक अभ्यासलाई स्वाभाविक रुपमा लिने संस्कारको विकास हुनुपर्ने बताएका छन् ।

कांग्रेस पार्टी कार्यालय सानेपामा नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका नवनियुक्त सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा सभापति देउवाले पार्टीलाई बलियो बनाउनका लागी पार्टीभित्र अनुशासन र आन्तरिक लोकतन्त्रिक अभ्यासलाई ग्रहण गर्नुपर्ने बताए ।

लोकतान्त्रिक पार्टीमा केन्द्रदेखि बडातहसम्म पार्टाीभित्र चुनावी प्रतिस्पर्धा हुनु स्वभाविक भएपनि चुनावमा हारजित भएपछि हार्ने र जित्नेबीच बोलचाल हुने संस्कार पार्टीभित्र रहेको भन्दै देउवाले यस्तो संस्कारले पार्टी संगठन बलियो नहुने बताए ।

अनुशासनहिन कार्य गर्नेमाथि अनुशासन समितिले छानविन गरी कारबाही गर्न सक्ने भएपनि त्यो कारबाहीले मात्रै नपुग्ने देउवाको भनाइ छ । उनले अहिलेको अवस्थामा पार्टी केबल पार्टीको रुपमा रहेको भन्दै पार्टी बनाउन संस्कारको विकास जरुरी भएको पनि बताए । देउवाले आन्तरिक चुनावमा हुने वैमनश्यता न्यूनीकरण गर्ने र अहिले देखिएको समस्या समाधान गर्ने भन्ने तर्फ आफ्नो ध्यान केन्द्रित गर्न नीति तथा प्रतिष्ठानका सदस्यहरुलाई निर्देशन दिए ।

लामो समयदेखि पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्व चयन हुन नसकेको अवस्थामा त्यसको जिम्मेवारी लिएर बसेका सभापति देउवाले नेविसंघको संगठन स्कूल र कलेजहरुमै नभएपछि संगठन बलियो नहुने पनि बताए ।

कांग्रेस महासमिति बैठकपछि केन्द्रीय समितिबाट पारित पार्टी विधान नेपालका सबै पार्टीको भन्दा उत्कृष्ट र समावेशी प्रकृतिको बनाएको बताउँदै सभापति देउवाले यसरी सबैले आफ्नो स्थान पाए बमोजिम संगठनमा सदस्यताको वितरणमा पनि बृद्धि गराउन जोड दिए ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ७ : ०९ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ