भारतको अन्तरिक्ष यान सेप्टेम्बर ६ मा चन्द्रमा पुग्ने « Khabarhub

भारतको अन्तरिक्ष यान सेप्टेम्बर ६ मा चन्द्रमा पुग्ने


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत –  भारतले आगामी सेप्टेम्बरमा चन्द्रमामा आफ्नो अन्तरिक्ष अभियान अवतरण गर्ने भएको छ । भारतको अन्तरिक्षसम्बन्धी अनुसन्धान संगठन इस्रोले जनाएअनुसार आगामी जुलाईमा अन्तरिक्षतर्फ प्रक्षेपण गरिने चन्द्रयान–२ नामक अन्तरिक्ष अभियान अन्तर्गतको रोबरले सेप्टेम्बर महिनामा चन्द्रमाको सतहमा अवतरण गर्नेछ ।

यससँगै भारत चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने चौथो मुलुक बन्नेछ । यसअघि रुस, अमेरिका र चीनले मात्रै चन्द्रमामा आफ्ना अभियानको सफल अवतरण गरेका थिए । हालै इजरायलले चन्द्रमामा पु¥याएको अभियानको अवतरण प्रयास असफल भएको थियो ।

चन्द्रयान–२ लाई यसअघि अप्रिल महिनामा चन्द्रमातर्फ प्रक्षेपण गर्ने भनिएको थियो । यद्यपि प्राविधिक गडबडीका कारण त्यसलाई पछि सारेर आगामी जुलाईको ९ तारिख देखि १६ तारिखभित्र श्रीहरिकोटामा रहेको सतिश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिने इस्रोले जनाएको छ । यससँगै यानमा राखिएको प्रोब सेप्टेम्बर महिनाको ६ मा चन्द्रमाको सतहमा अवतरण हुनेछ ।

चन्द्रमाको सतहमा अवतरण हुने भारतीय प्रोबले यसअघि अनुसन्धान नगरिएको चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेर अनुसन्धान गर्ने इस्रोले जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा १ अर्ब वर्ष पुराना चट्टानहरु रहेको र ती चट्टानलाई आणविक उर्जाको श्रोतको रुपमा प्रयोग गर्न सकिनेबारे अध्ययन केन्द्रित हुने जनाइएको छ ।

भारतले यसअघि सन् २००८ मा चन्द्रयान–१ नामक आफ्नो पहिलो चन्द्र अभियान प्रक्षेपण गरेको थियो । चन्द्रमाको परिक्रमा गरी अनुसन्धान गर्नेगरी प्रक्षेपण गरिएको उक्त अभियानसँग ग्राउण्ड स्टेशनको सम्पर्क ३ सय १२ दिन पछि टुटेको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ९ : १० बजे

ब्रोकरहरूसँग अर्थमन्त्रीले भने- नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन छ, सुशासनको काम गर्छु

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले देशलाई ग्रे लिस्टबाट बाहिर ल्याउनको लागि

स्वास्थ्य मन्त्रालयद्वारा चार बुँदे कार्यादेशसहित उच्चस्तरीय समिति गठन 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई पारदर्शी, प्रविधिमैत्री र

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि

चितवन– दशौँ अन्तर्राष्ट्रिय प्रदर्शनी यही चैत २७ गतेदेखि सुरु हुने भएको

औषधी व्यवस्था विभागद्वारा ६ प्रकारका नयाँ औषधिको गुणस्तर अनुमोदन

काठमाडौं– औषधि व्यवस्था विभागले विभिन्न ६ प्रकारका नयाँ औषधि तथा

मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम

खोटाङ– ‘मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२’को उपाधि महिलातर्फ खोटाङकी निर्मला राई र