एसएसपी विश्वराज पोखरेल डिआईजीमा सिफारिस « Khabarhub

एसएसपी विश्वराज पोखरेल डिआईजीमा सिफारिस


१९ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल प्रहरी नायव महानिरीक्षक (डिआईजी)का लागि सिफारिस भएका छन् ।

नेपाल प्रहरीमा जनपथतर्फ डिआईजीमा बढुवा गर्न बसेको बढुवा समितिको बैठकले पोखरेललाई डिआईजीमा सिफारिस गरेको छ । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधान अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई नेतृत्वको छनोट समितिले पोखरेललाई डिआईजीमा सिफारिस गरेको हो ।

काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका पोखरेल अहिले लागू औषध नियन्त्रण व्युरोमा कार्यरत छन् ।

काभ्रेपलाञ्चोकमा २०७५ कात्तिक १० गते भएको सवारी दुर्घटनामा डिआइजी सुशील भण्डारीको निधन भएपछि डिआइजीको एउटा स्थान रिक्त थियो ।

सोही पदका लागि पोखरेल आफ्नो व्याजबाट एक्लो सिफारिस भएका छन् । योसँगै अब उनी आइजीपीका दाबेदार भएका छन् । २०४९ साल चैतको प्रहरी निरीक्षकको ब्याचबाट डिआइजीमा सिफारिस हुने पोखरेल एक्ला हुन।

प्रहरीमा राम्रो छविका मानिने पोखरेल मोरङमा कार्यरत हुँदा उत्कृष्ठ ठहरिएका थिए ।

छनौट समितिले गरेको निर्णय हेर्नुहोस्

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  ८ : २८ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल