एसएसपी विश्वराज पोखरेल डिआईजीमा सिफारिस « Khabarhub

एसएसपी विश्वराज पोखरेल डिआईजीमा सिफारिस


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल प्रहरी नायव महानिरीक्षक (डिआईजी)का लागि सिफारिस भएका छन् ।

नेपाल प्रहरीमा जनपथतर्फ डिआईजीमा बढुवा गर्न बसेको बढुवा समितिको बैठकले पोखरेललाई डिआईजीमा सिफारिस गरेको छ । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधान अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई नेतृत्वको छनोट समितिले पोखरेललाई डिआईजीमा सिफारिस गरेको हो ।

काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका पोखरेल अहिले लागू औषध नियन्त्रण व्युरोमा कार्यरत छन् ।

काभ्रेपलाञ्चोकमा २०७५ कात्तिक १० गते भएको सवारी दुर्घटनामा डिआइजी सुशील भण्डारीको निधन भएपछि डिआइजीको एउटा स्थान रिक्त थियो ।

सोही पदका लागि पोखरेल आफ्नो व्याजबाट एक्लो सिफारिस भएका छन् । योसँगै अब उनी आइजीपीका दाबेदार भएका छन् । २०४९ साल चैतको प्रहरी निरीक्षकको ब्याचबाट डिआइजीमा सिफारिस हुने पोखरेल एक्ला हुन।

प्रहरीमा राम्रो छविका मानिने पोखरेल मोरङमा कार्यरत हुँदा उत्कृष्ठ ठहरिएका थिए ।

छनौट समितिले गरेको निर्णय हेर्नुहोस्

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ८ : २८ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको