शनिलाई किन क्रुर ग्रह भनिन्छ ? केही बानी सुधारे सकारात्मक प्रभाव | Khabarhub Khabarhub

शनिलाई किन क्रुर ग्रह भनिन्छ ? केही बानी सुधारे सकारात्मक प्रभाव


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नौ ग्रहमध्ये शनि ग्रहलाई ज्योतिषशास्त्रमा क्रुर ग्रहको रुपमा लिइन्छ । शनि ग्रहको साढेसाती तथा महादशाबाट मानिसहरुमा विशेष डर रहने गर्दछ । यद्यपि, ज्योतिषले नै शनि ग्रहलाई नराम्रो ग्रहको रुपमा भने मानेको छैन । बिना कारण शनिले कसैलाई पनि समस्यामा पार्दैन । त्यसैले शनि ग्रहको प्रभावबाट बच्न कुनै ठूलो पूजा–पाठ नै लगाउनु पर्छ भन्ने पनि छैन ।

तर, यसका लागि भने आफुमा भएका केही आनी–बानी तथा व्यवहारमा भने परिवर्तन गर्न आवश्यक छ । आनी–बानी तथा व्यवहारमा परिवर्तन गर्न सकेको खण्डमा शनिको प्रभावबाट टाढा रहन सकिने ज्योतिषशास्त्रको मान्यता छ ।

किन शनि ग्रहलाई नराम्रो दशाको रुपमा लिइन्छ ?

ज्योतिषशास्त्रमा शनिलाई श्रम, न्याय, गरिब मजदुर वर्गका ग्रहको रुपमा मानिन्छ । त्यसैले यो ग्रहले सेवकको पद प्राप्त गरेको छ । यसै कारण शनिलाई आलस्य, अन्याय तथा गरिब मजदुर वर्गको शोषणविरुद्धको ग्रहका रुपमा लिइन्छ ।

शनिलाई श्रमको देवताको रुपमा पूजिन्छ । त्यसैले शनि ग्रहले आफ्नो प्रभावमा आउने मानवलाई अधिकतम श्रम गराउँने गर्दछ । गलत कामको सबै परिणाम दिनु शनि ग्रहको कार्य हो । शनि ग्रहले अल्छि र अन्याय गर्ने मानवलाई नराम्रो परिणाम दिने भएकाले यसलाई क्रुर ग्रहको रुपमा मानिएको हो ।

आनीबानीमा के परिवर्तन गरे लाभ ?

यदि तपाईं शनि ग्रहको साढेसाती वा महादशाबाट ग्रसित हुनुहुन्छ । र, पूजा–पाठ विधिबाट पनि छुट्कारा पाइराख्नु भएको छैन भने आफ्नो आनीबानीलाई परिवर्तन गर्न आवश्यक हुन्छ ।

क) हाम्रो शरीरको खुट्टा तथा पसिनामा आउने गन्धलाई शनिको वासना मानिन्छ । खुट्टा चलिरहेको होस्, यसको मतलब श्रम भइरहेको हो ।       शरीरबाट पसिना आइरहन्छ भने राति सुत्नु अगाडि सँधै नुहाउने बानी बसाल्नुहोस् ।

ख) आफुभन्दा मुनिका कर्मचारी तथा मजदुरसँग नराम्रो व्यवहार गर्न वा उनीहरुलाई प्रताडित गर्ने कार्य बन्द गर्नुहोस् । त्यसो गर्नुको सट्टा उनीहरुलाई सहयोग तथा सम्मान गर्नुहोस ।

ग) गरीब दुःखीलाई सहयोग गर्नुहोस् । गरिब बालबालिकाको पढाईमा मद्दत गर्ने बानी बसाल्नुहोस् ।

घ) आफुले गर्ने काममा छल्ने प्रवृत्ति हटाउनुहोस् । जुनसुकै काम भएपनि त्यसलाई प्राथमिकताका सम्पन्न गर्ने बानी बसाल्नुहोस् । कामलाई कहिल्यै पनि बाँकी नराख्नुहोस् ।

ङ) कुनै पनि परिस्थितिसँग नडराउनुहोस् । जुनसुकै संकटको डटेर सामना गर्नुहोस् । यदि तपाईं कुनै पनि परिस्थितिबाट भाग्नु हुन्छ भने थप बढी समस्या पर्नेछ ।

छ) आर्थिक कारोबार तथा लगानी गर्दा सावधानी अपनाउनु होला ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ६ : ३५ बजे

रिसइबी साँध्न छिमेकीकी तीन वर्षीया नावालिकाको हत्या, आमाछोरी पक्राउ

सिरहा– सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई

बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई खोप

ढोरपाटन– बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरुद्धका

बझाङमा एमाले ३४१ मतले अगाडि, साइपालको करिब हजार मत गन्न बाँकी

बझाङ- बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

रारा क्षेत्रमा अष्ट्रेलियन कम्पनीले सवा अर्ब खर्चेर लक्जरी रिसोर्ट बनाउने

काठमाडौं – नेपालकै ठूलो एवम्‌ मनोरम पर्यटकीय गन्तव्य रारामा अष्ट्रेलियन