प्रचण्डले भने– विप्लव पनि नेकपामा आएर जोडिनुपर्छ « Khabarhub

प्रचण्डले भने– विप्लव पनि नेकपामा आएर जोडिनुपर्छ


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक दिन नेत्रविक्रम चन्द ‘विप्लव’ पनि नेकपा(सत्तारुढ) मा आएर जोडिनुपर्ने बताएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले विप्लव अहिले हिँडिरहेको गन्तव्यबाट लक्ष्यमा पुग्न नसक्ने दाबी गरे ।

‘एक दिन विप्लव पनि यहि आएर जोडिनुपर्छ’ प्रचण्डले भने,‘अहिले जुन गन्तव्यमा हिँडेको छ यसबाट लक्ष्यमा पुँगिदैन । यो जनता र राष्ट्रको लागि क्षति हो ।’

लामो संघर्षबाट लडेर ल्याएको गणतन्त्र र लोकन्तत्रलाई पहिला संस्थागत गर्न आवश्यक भएको प्रचण्डको भनाइ थियो ।  सरकारले अहिले तल्लो वर्ग, पिछडिएको वर्गलाई सम्बोधन गर्ने जमर्को गरेको प्रचण्डको भनाइ थियो ।

उनलाई आइतबार नेकपा पार्टी अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका छन् । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा उनलाई पार्टी प्रवेश गराए ।

पार्टी प्रवेश कार्यक्रममा राईले द्वन्दले राष्ट्र र जनतालाई फाइदा नपुग्ने बताउँदै राईले देश परिवर्तनका लागि अन्य विकल्पहरु खुल्ल हुँदा हुँदै द्वन्दवमा जान नहुने बताए । उनले आफू डर, त्रास, धम्की र सुरक्षित हुनका लागि नेकपामा प्रवेश नगरेको बताए ।

कम्युनिस्ट पार्टीको विकासमा आफू कोशेढुंगा बन्नेमा उनले विश्वास व्यक्त गरे । विवेक र वुद्धिले भ्याएसम्म नेकपालाई माथि पुर्‍याउने उनले प्रतिवद्धता व्यक्ति गरे ।

पार्टी नीतिविपरीत सञ्चारमाध्यममा बोल्दै हिँडेको भन्दै राईलाई विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाले वैशाख २४ गते पार्टीबाट निलम्बन गरेको थियो ।

राईले सरकारसँग अनावश्यक रुपमा वार्ताको कुरा गरेको र पार्टी विपरित गतिविधि गरेका कारण उनलाई भूमिका विहीन बनाइएको थियो ।

 

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  १० : ५६ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलमा टिम डेभिडको जादू : १५ औँ ओभरमा ब्याटिङ गर्न गएर २५ बलमा ७० रन ?

काठमाडौँ – आईपीएलमा चेन्नईविरुद्ध बेङ्गलोरुका ब्याट्सम्यानले आइतबार राति जादु देखाए