भारतको नन्दा देवी हिमालमा हराएका ८ पर्यटकको खोजी गर्न हेलिकप्टर परिचालन « Khabarhub

भारतको नन्दा देवी हिमालमा हराएका ८ पर्यटकको खोजी गर्न हेलिकप्टर परिचालन


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको दोस्रो ठूलो हिमाल नन्दा देवी (७,८१६ मिटर) मा चढ्न गएका आठ पर्यटकको खोजी गर्न हेलिकप्टर परिचालन गरिएको छ । उनीहरु मे १३ मा नन्दा देवी चढ्न गएका थिए । तोकिएको समयमा उनीहरु नफर्केपछि सर्वत्र चासो भएको थियो । हराइरहेका पर्यटकमध्ये चार बेलायती, दुई अमेरिकी, एक–एक जना अष्ट्रेलियन र भारतीय छन् । अधिकारीहरुले उक्त हिमालमा हिम पहिरो आएको संकेट देखिएको बताएका छन् ।

आकस्मिक उद्धारकर्ता शनिबार त्यसतर्फ गएपनि प्रतिकुल मौसमका कारण उनीहरुले खोजी कार्य बन्द गरेका थिए । उनीहरुको खोजी कार्य हाल भारती वायुसेनाले दुई हेलिकप्टरमार्फत गरिरहेको बीबीसीले जनाएको छ ।

उक्त टोलीको नेतृत्व बेलायती नागरिक मार्टीन मोरनले गरेका थिए । हराइरहेका अन्य बेलायती पर्वतारोहीहरुमा जोन म्याकलेरन, रर्पट वेवेल र रिचार्ड पाइनी रहेका छन् । त्यस्तै, अमेरिक पर्वतारोही एन्थोनी सुडेकम, रोनाल्र्ड बेइमेल छन् भने अष्ट्रेलियन नागरिक रुथ म्याकक्यान्स र भारतीय गाइड चेतन पाण्डे रहेका छन् ।

नन्दा देवी विश्वको २३ औँ अग्लो हिमाल हो भने यसको प्रथम सफल आरोहण सन् १९३६ मा गरिएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  २ : ५८ बजे

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको

कांग्रेस विशेष महाधिवेशनमा चार जनाले लगे सभापतिको मनोनयनपत्र

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत