तालिमपछि महिलामा बढेको आत्मविश्वास « Khabarhub

तालिमपछि महिलामा बढेको आत्मविश्वास


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

धरान– चार वर्षदेखि इटहरीमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएकी भावना निरौलालाई अहिले विभिन्न घरायसी विद्युतीय उपकरणहरूको मर्मत कार्यले भ्याइनभ्याइ भएको छ । 

पहिले उनी मुख्य रूपमा बिक्री र ग्राहक सेवा हेर्थिन् भने श्रीमान् मर्मत र फिल्डको काम गर्थिन् । तर मर्मत तथा सम्भार तालिम सकेपछि उनको भूमिका परिवर्तन भएको छ ।

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्फत पुनः प्राप्ति एवं सशक्तिकरण (रिप ग्रिन)ले सञ्चालन गरेको तालिमपछि आफ्नो दैनिकीमा आएको ठूलो परिवर्तनबारे अनुभव सुनाउँछिन् । रिप ग्रिन,  युरोपियन युनियन र जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजेड) को आर्थिक सहयोग र जर्मन विकास सहयोग–जिआइजेडको प्राविधिक सहयोगमा सञ्चालित परियोजना हो ।

सो परियोजनाको सहयोगमा सञ्चालित नौदिने तालिममा आफूले विद्युतीय जडानका आधारभूत कुरा, समस्या पहिचान (ट्रबलसुटिङ) र राइस कुकर, इलेक्ट्रिक केतली, मिक्सर र इन्डक्सन चुलो मर्मत गर्ने सीप सिकेको भावना बताउँछिन् । 

उनी भन्छिन्, ‘तालिम सकेको एक महिनामै मैले छ वटा इलेक्ट्रिक जग र चार वटा हिटर मर्मत गरिसकेकी छु । हिटर मर्मत तालिममा नभएको भए पनि मैले सिकेका विद्युतीय सिद्धान्त प्रयोग गरेर समस्या पत्ता लगाएर समाधान गर्न सकेँ । तालिममा पाएको मल्टिमिटर अहिले मेरो सबैभन्दा उपयोगी उपकरण बनेको छ, जसले तार र जडानसम्बन्धी समस्या पहिचान गर्न मद्दत गर्दछ ।’

सुरुमा केही ग्राहकहरू महिलाले स्क्रूड्राइभर समातेको देखेर छक्क पर्थे र प्रश्न गर्थे । उनको कामको गुणस्तर देखेपछि ग्राहकहरूले प्रशंसा र हौसला प्रदान गर्छन् । जाडो समयमा धेरै ग्राहकले हिटर र केतली मर्मतका लागि ल्याए र हरेक सफल कामसँगै मेरो आत्मविश्वास बढ्दै गयो । 

यी सामानहरू मौसमी हुने भएकाले अब आफू राइस कुकर र इन्डक्सन चुलो जस्ता वर्षभरि प्रयोग हुने सामान मर्मतमा ध्यान दिन चाहेको बताउँछिन् । यस्ता प्राविधिक सीपहरूले महिलाहरूलाई नयाँ अवसर दिने र यसबाट उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न मद्दत गर्ने उनको विश्वास रहेको छ । 

रिप ग्रिन) कार्यक्रमका साझेदारहरूले स्थानीय स्तरमा सञ्चालन गरेका प्राविधिक तालिमहरूमा बिस्तारै महिलाहरूको सहभागिता बढ्दै गएको छ ।  स्नातक दोस्रो वर्षमा अध्ययनरत इटहरी, खनारकी स्वस्तिका दाहालको इलेक्ट्रोनिक्स पसलमा केही समयदेखि बिक्रेताका रुपमा सहयोग गर्दै आएकी छन् । 

केही समयअघि विद्युतीय उपकरणहरूको मर्मतसम्बन्धी तालिम प्राप्त गरेपछि उनले घर र पसल दुवैमा सिकेका सीप प्रयोग गर्न थालेकी छन्। तालिमपछि इलेक्ट्रिक केतली, राइस कुकर र हिटर मर्मत गर्न सक्षम बनेकी छन् । 

यी कामहरूले आफूलाई केही आम्दानी पनि दिलाएको उनी बताउँछिन् । अहिलेका उनका लागि यो पढाइसँगै राम्रो ‘पार्ट–टाइम’ अवसर बनेको भए पनि भविष्यमा यसलाई नै आफ्नो रोजगारीको माध्यम बनाउने उनको योजना छ । अहिले घरबाटै सेवा दिँदै आएकामा आफ्नै पसल स्थापना गरी तालिममा सिकेको सीपको उपयोग गर्ने सोच बनाएकी छन् । 

तालिममा सहभागी प्रशिक्षार्थीहरूले एक अनौपचारिक समूह नै बनाएका बिग्रिएका सामानहरू जम्मा गरेर एउटै घरमा भेला भई सँगै मर्मत गर्न पनि थालेका छन् । यसले तालिमपछि पनि सीप सुधार गर्न एक–अर्कालाई सहयोग पुर्‍याएको दाहाल बताउँछिन् । तालिमबाट प्राप्त सीप र उपकरणहरूको प्रयोग गर्दै महिलाहरू अहिले आफ्नै घर र समुदायमा सँगै काम गर्दै समस्याहरू समाधान गरिरहेका छन् ।

तालिमले भावना र स्वस्तिका जस्ता सहभागीहरूलाई व्यावहारिक प्राविधिक सीप, आत्मविश्वास र नयाँ आम्दानीका अवसरहरू प्रदान गरेको छ ।

निरन्तर अभ्यासले उनीहरूको क्षमता अझ बढ्ने आत्मविश्वास आफूहरूमा आएको बताउँदै भावना भन्छिन्, ‘घरायसी सबै खालका उपकरणहरूको मर्मत गर्नसक्ने क्षमताको विकास गर्न थप तालिमको आवश्यकता महसुस गरेका छौँ ।’ रासस

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ५ : ४४ बजे

कोइराला निवासका लागि छुट्याइएको २ करोड रुपैयाँ लिन मानेनन् शेखरले 

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका