प्रधानमन्त्री ओली जेठ २५ गतेदेखि युरोप भ्रमणमा जाने | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली जेठ २५ गतेदेखि युरोप भ्रमणमा जाने


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि युरोप भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली एक हप्ता लामो युरोप भ्रमणका क्रममा स्विट्जरल्याण्ड, बेलायत र फ्रान्स पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको युरोप भ्रमणबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुने जानकारी दिए ।

त्यसपछि जेठ २७ गते बेलायत पुगेर अक्सफोर्ड विश्वविद्यालयमा संबोधन गर्ने र नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ । यस्तै जेठ २९ गते फ्रान्स प्रस्थान गरी प्रधानमन्त्रीले त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली भ्रमण पूरा गरी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ३ : ३८ बजे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण