वितरणमुखि बजेट राष्ट्रिय आवश्यकता–योगेश « Khabarhub

वितरणमुखि बजेट राष्ट्रिय आवश्यकता–योगेश


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेशकुमार भट्टराईले राष्ट्रिय आवश्यक्तालाई ध्यानमा राखेर सरकारले वितरणमुखि बजेट ल्याएको बताएका छन् ।

सरकारले ल्याएको बजेट वितरणमुखि भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आलोचना गरिरहेका बेला नेता भट्टराईले गरीब जनताको हितलाई ध्यानमा राखेर सरकारले वितरणमुखि बजेट ल्याउनु परेको प्रतिक्रिया दिएका हुन् ।

आइतवार प्रतिनिधिसभामा सरकारले पेश गरेको ‘आर्थिक वर्ष २०७६÷७७ को राजस्व, र व्ययको आर्थिक अनुमान’माथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले गरीब, दलित, महिलालगायतका पिछडिएका समूदायको हितका लागि पनि बजेट वितरणमुखि हुनु मुलुकको बाध्यता भएको बताए ।

नेता भट्टराईले बजेटले राष्ट्रिय गौरवको आयोजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिएको स्मरण गराए ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम सम्पन्न गर्ने गरी बजेट ल्याउनुले मुलुकको उर्जा संकट समाधानमा उल्लेख्य योगदान पुर्या‍उने उनको भनाइ छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ४ : १४ बजे

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुर– जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट– चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको

एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता

काठमाडौं – नेकपा (एमाले)को बिहीबार सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि