यो बजेटले समृद्धि हासिल हुँदैन– रिजाल | Khabarhub Khabarhub

यो बजेटले समृद्धि हासिल हुँदैन– रिजाल


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले आधार वर्षपछिको बजेटले इतिहास निर्माणको बाटो समात्न नसकेको टिप्पणी गरेका छन् ।

आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा बजेट माथिको छलफलमा सहभागी हुदै सांसद रिजालले शक्तिशाली सरकारले ल्याएको बजेटले सरकारको सम्मृद्धिको लक्ष्य हासिल हुन नसक्ने दाबी गरे । चालु खर्च पुरा हुने आधारहरु बजेटमा नदेखिएको तथा आयातमा आधारित राजश्वको सतहमा गुलियो लगाएर वितरण मुखी कार्यक्रम बाड्ने काम भएको तर्क उनको थियो ।

बजेटमा पूँजीगत खर्च बढाउने क्षमता प्रस्ताव नगरिएको भन्दै उनले स्थानीय र प्रदेश सरकारको पूँजीगत खर्च नबढेसम्म आर्थिक विकास संभव नहुने तर्क गरे । उनले संघीयताको मर्म र भावना विपरित बजेट आएको भन्दै संघीयताको विरुद्धको बाटोमा नजान सरकारलाई सचेत गराए । पूर्वाधार विकास कोष संघीयताको मर्म र भावना विपरित भएको टिप्पणी उनको थियो ।

सांसद रिजालले भने “प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा खर्च हुने आँधी रकम मात्रै सरकारले मेरो निर्वाचन क्षेत्रमा खर्च गर्ने हो भने मलाई पुर्वाधार विकास कोष चाहिदैन । तर अर्थमन्त्री ज्यू त्यही हुन्छ ? एउटा दुर दराजको सामान्य सांसदको निर्वाचन क्षेत्रमा हुने खर्च र बलशालीको निर्वाचन क्षेत्रमा खर्च हुने रकम एकपल्ट देखाईदिनोस् । त्यो देखाउने हो भने प्रतिपक्षीका मात्रै होइन सत्ताका सांसदले पनि पुर्वाधार विकास कोष माग्दैनन् । सत्ताका सांसदको माग पनि हो हरेक निर्वाचन क्षेत्रमा न्याययिक रुपले एक अर्कालाई तुलना गर्न सक्ने किसिमको खर्च होस् भनेर । तजबीजीको अधिकार कुनै पनि सांसदले मागेको छैन । सत्ताले पनि माग्या छैन । प्रतिपक्षीले पनि माग्या छैन । यसको अन्तरनिहित मर्म र भावना, संदेश बुझ्न सकेनौ भने संघीयता कमजोर गर्छौ । मुलुकलाई अझै अप्ठ्यो गतिमा राख्छौ । ”

आन्तरिक ऋणको भारले केन्द्र र प्रदेश सरकार सबैलाई ऋणको प्रतिष्पर्धा गराउने भएकाले व्याजको दर बढेर लगानीलाई निरुत्साहीत गर्ने दाबी उनको थियो । उनले गत बर्षको बजेटमा भनिए अनुसार राष्ट्रिय गौरवका आयोजनामा खर्च हुन नसकेको भन्दै यसपालि पनि कुनै आधार विना हचुवाको भरमा बजेट प्रस्ताव गरिएको उल्लेख गरे ।

अर्थमन्त्री युवराज खतिवडाले बजेटमा प्रस्तुत गरे जस्तो ८ दशमल ६ प्रतिशतको वृद्धि दर ,६ भन्दा कममा मुद्रास्फिति हुन्छ, जीवनमा गुणात्मक सुधार हुने र न्याय सहितको विकास हुने भनिएपनि ती लक्ष्य हासिल गर्ने आधारहरु नभएको दाबी उनको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ४ : ४० बजे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण