सचिव बन्न अधिकृत भएको २५ वर्ष हुनुपर्ने व्यवस्था गर्न सांसदहरुको माग « Khabarhub

सचिव बन्न अधिकृत भएको २५ वर्ष हुनुपर्ने व्यवस्था गर्न सांसदहरुको माग


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले मन्त्रालयका सचिवहरुको कार्यक्षमतामाथि नै प्रश्न उठाएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की प्रतिनिधिसभा सांसद रामकुमारी झाँक्रीले मन्त्रालयका सचिवहरुको कार्यक्षमतामाथि नै प्रश्न उठाएकी हुन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आइतवार बसेको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै उनले मन्त्रालयको सचिवहरुको कार्य क्षमता, कुशलता, समन्वयमा अभाव देखिएको दावी गरिन् ।

सांसद झाँक्रीले सचिवमा बढुवा हुन कम्तिमा पनि अधिकृत भएको २५ वर्ष पुग्नै पर्ने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् ।

भारतमा अधिकृत भएको ३३ वर्ष पछि मात्रै सचिव हुने प्रावधान राखिएको उल्लेख गर्दै नेपालमा पनि सचिव हुन अधिकृत भएको कम्तिमा २५ वर्ष हुनैपर्ने कानुनी व्यवस्था गर्नुपर्ने उनको तर्क छ ।

सांसद झाँक्रीले अधिकृत भएको केही वर्षमै सचिव हुने भएका कारण पनि सचिवहरुमा कार्य कुशलताको अभाव देखिएको दावी पनि गरिन् । सांसद विमला विश्वकर्माले बन्द÷हडतालमा उत्र्ने कर्मचारीलाई पदबाटै हटाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारिन् ।

समितिका अर्का सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले भने चिकित्सकहरुलाई जथाभावी सरुवा नगर्न सरकारलाई सचेत गराइन् । चिकित्सकहरुको क्षमता प्रयोगमा आउनेगरी उनीहरुलाई सरुवा गर्ने कानुन व्यवस्था गर्न सरकारलाई उनको सुझाव छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ४ : ५६ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी