पीएम कप क्रिकेट समूह बी को विजेता बन्दै पुलिस सेमिफाइन्लमा « Khabarhub

पीएम कप क्रिकेट समूह बी को विजेता बन्दै पुलिस सेमिफाइन्लमा


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता (पीएम कप क्रिकेट) मा विभागिय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा प्रदेश २ लाई १५६ रनले पराजित गर्दै पुलिस समूह ‘बी’ बाट सेमिफाइनलमा पुगेको हो ।
टस जितेर पहलिो ब्याटिङ गरेको पुलिसले दिएको २५४ रनको फराकिलो लक्ष्य पछ्याएको प्रदेश नम्बर २ २९ ओभरमा सबै विकेट गुमाएर ९७ रन मात्रै बनाउन सक्यो ।
प्रदेश २ का लागि हरि शंकर साहले २९ रन जोड्दा कप्तान मेहबुब आलमले २१ रन बनाए । यस्तै रबी साहले १५ रन जोड्दा सुरज पटेलले १२ रन बनाए । प्रदेश २ लाई सस्तैमा पुलिसका दीपेन्द्रसिंह ऐरीले १० ओभरमा १ मेडनसहित २८ रन खर्चिए ५ विकेट लिए ।
ललित नारायण राजवंशीले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५३ रन बनाएको थियो । पुलिसका लागि अमित श्रेष्ठले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, सुनिल धमलाले ४३, अनिल कुमार साहले ३७, कुशल भुर्तेलले ३५ तथा आरिफ शेखले ३२ रन बनाए ।
प्रदेश २ का संसद शेखले ४ तथा राशिद खानले २ विकेट लिए । यो जितसंगै पुलिस समूह बीको विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह चरणमा अपराजित रहेको पुलिसले ४ खेलमा ४ जितसहित ८ अंक जोड्यो । यस्तै, समूह बी मा आर्मी उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । आर्मीले ४ खेलमध्ये ३ मा जीत र एक खेलमा हार व्यहोर्दा ६ अंक जोड्यो ।

 

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ५ : १२ बजे

डढेलोको उच्च जोखिममा चितवन

चितवन – जिल्लामा वन्यजन्तुको मुख्य बासस्थानका रूपमा रहेको बरण्डाभार क्षेत्र

काठमाडौंको तारकेश्वरमा घरभित्र पसेको चितुवाको उद्धार

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित घरभित्र पसेको चितुवाको उद्धार

मुस्लिम समुदायको अधिकार स्थापित गर्न मुस्लिम आयोगको भूमिका महत्त्वपूर्ण छ : प्रदेश प्रमुख मियाँ

अत्तरिया– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायको अधिकार स्थापित

घोषणा पत्रमा दलका उडन्ते योजना, विज्ञ भन्छन् : औकातबिनाको महत्वाकाङ्क्षा कसरी पूरा होला ?

काठमाडौं- सडक समयमै नबन्दा हजुरबुबादेखि नाती पुस्तासम्मले भोग्नुपर्ने वर्षौँदेखिको सास्ती