सरकारले जनमतको चरम दुरुपयोग गर्‍यो– नेता पौडेल « Khabarhub

सरकारले जनमतको चरम दुरुपयोग गर्‍यो– नेता पौडेल


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनमतको चरम दूरुपयोग गरिरहेको आरोप लगाएका छन् ।

वरिष्ठ नेता पौडेलले दुई तिहाई बहुमत पाएको केपी ओली नेतृत्वको सरकारले अदालतलाई तर्साउने, पत्रकारहरुलाई तर्साउने तथा मानव अधिकारवादी संघ, संस्था अंकुश लगाउने काम गरेर जनमतको दूरुपयोग गरिरहेको आरोप लगाए । आइतवार काठमाडौंमा आयोजित ‘मानव अधिकार आन्दोलनको नयाँ धार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देश, परिवर्तन र आन्दोलनको भावना विपरितका गतिविधि गरिरहेकाले आफ्नो पार्टीले सरकारको विरोध गर्नु परेको पनि स्पष्ट पारे ।

वरिष्ठ नेता पौडेलले लोकतन्त्र विरोधी गतिविधिको विरोध गर्दा आफ्नो पार्टीले कम्युनिष्ट नेतृत्वको सरकारको विरोध गरेको आरोप खेप्नु परेको गुनासो गरे ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माले)का महासचिव सिपी मैनालीले सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा पूर्णत असफल भएको दावी गर्नु भयो । ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने आफ्नै नारा विपरित सरकारले गतिविधि गरिरहेको महासचिव मैनालीको निष्कर्ष छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ५ : ३५ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका