सासंदलाई छुट्याइएको ६ करोडविरुद्ध सर्वोच्चमा रिट « Khabarhub

सासंदलाई छुट्याइएको ६ करोडविरुद्ध सर्वोच्चमा रिट


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटमा सांसदलाई दिने ६ करोडको घोषणाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सासंदलाई छुट्याईएको बजेट संविधान विपरित भएको भन्दै उक्त व्यवस्था हटाउन माग गर्दै सार्वोच्च अदालतमा रिट परेको हो ।

निर्वाचन क्षेत्रको पूर्वाधार विकास कोष मार्फत सासंदहरुलाई बाँडिएको रकम गैर संवैधानिक भएको भन्दै अधिवक्ता पारसमणि भट्टराइले आइतबार उक्त रिट दायर गरेका हुन् । सांसदलाई ६ करोड दिने व्यवस्था नेपालको संविधानको धारा १,४,५६ र ५७ सँग बाझिएको रिटमा उल्लेख छ ।

उक्त व्यवस्था संविधानसँग बाझिएकाले तत्काल खारेज गर्ने उनले माग समेत गरेका छन् । गत सोमबार उक्त रिट सर्वोच्चका रजिष्ट्रार लालबहादुर कुँवरले दरपीठ गरेका थिए । पछि न्यायाधीश डम्बरबहादुर शाहीले उक्त रिट दायर गर्न प्रशासनलाई आदेश दिएकापछि आइतबार रिट दायर गरिएको हो ।

सांसदलाई विकास खर्च बाडिँदा शक्ति बाँडफाँडको सिद्धान्तमा खलल पुग्ने अधिवक्ता भट्टराईले बताए । सासंदलाई विकासमा काममा खटाइँदा कार्यपालिकाको भूमिकामा हस्तक्षेप हुने रिटमा उल्लेख छ ।

सांसदलाई विकास खर्च दिँदा स्थानीय, प्रदेश र संघीय सरकारको काम र अधिकारमाथि हस्तक्षेप हुने भट्टराईले दायर गरेको रिटमा जनाइएको छ । उक्त रिटमाथि जेठ २४ गते सुनुवाइ हुनेछ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ५ : ४४ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी