बजेटमाथिको बहसः सत्ता र प्रतिपक्षी सांसदले के भने ? « Khabarhub

बजेटमाथिको बहसः सत्ता र प्रतिपक्षी सांसदले के भने ?


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष २०७६/७७ राजश्व र व्ययको बजेटको सत्तारूढ दलका सांसदले समर्थन गरेका छन् भने प्रतिपक्षी दलका सांसदले बजेट महत्वकांक्षी र वितरणमुखी भएको भन्दै कार्यान्वयनमा चुनौती भएको ठहर गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठक आव २०७६/७७ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा भाग लिँदै सत्तापक्ष र प्रतिपक्ष दलका सांसदले बजेटको पक्ष र विपक्षमा मत जायर गरेका हुन् । आर्थिक समृद्धिको नारालाई सार्थक तुल्याउन पूर्वाधार विकास, उत्पादन वृद्धि, सामाजिक सुरक्षालगायतका विषयलाई बजेटले प्रथामिकता दिएको सत्तापक्षका सांसदको धारणा छ भने प्रतिपक्षी सांसदले वितरणमुखी बजेटले प्राथमिकताको क्षेत्र निर्धारण गर्न नसकेको, जनताको प्रत्यक्ष समस्यालाई सम्बोधन नगरेको टिप्पणी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद देवप्रसाद गुरुङले विगतका तुलनामा बजेट सकारात्मक रहेको भन्दै तीव्र आर्थिक, विकास मौलिक हकको कार्यान्वयन, कृषि, उद्योगको प्रवर्द्धन गरी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित आएको बजेटको व्यावहारिक कार्यान्वयनमा जोड दिए । उनले बजेट ठूलो आकारमा भएकाले चुनौती रहेको भन्दै ऋणको भारलाई कम गर्न, आर्थिक उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा कार्यान्वयनमा चुनौती रहेको बताए ।

सांसद गुरुङले चालू खर्च कम गरी पूँजीगत खर्च बढाउन राज्यका सबै संयन्त्रलाई प्रभावकारी बनाउन जरुरी भएको उल्लेख गरे । त्यस्तै नेकपाका सांसद नारायणप्रसाद मरासिनीले सामाजिक न्यायसहितको तीव्र आर्थिक विकास गर्ने लक्ष्यसहित आएको बजेट सकारात्मक रहेको र यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

‘छुट्याइएको छ दाम अब गरौँ काम’ भन्दै मरासिनीले सरकारले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायतका क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखी बजेट विनियोजना गरेका कारण आगामी आबको बजेट यथार्थमुखी भएको उल्लेख गरे ।  सांसद इन्दुकुमारी शर्माले कर्मचारी प्रशासनलाई प्रोत्साहन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन ऊर्जालगायत क्षेत्रलाई प्राथमिकतामा राखेर लयाइएको बजेट सकारात्मक रहेको धारणा राखे । नेकपाकै सांसद नारदमुनि रानाले ऊर्जा विकास, रोजगारी सिर्जनाका विषय, सामाजिक सुरक्षालगायतका प्राथमिकताका विषयलाई बजेटले प्राथमिकता दिएको भन्दै बजेटको समर्थन गरे ।

सांसद बीनाकुमारी श्रेष्ठले बजेट नीति तथा कार्यक्रममा आधारिता भएर आएको र यसले समृद्ध नेपाल सुखी नेपालीको चाहनालाई सार्थक तुल्याउन महत्वपूर्ण सहयोग पुग्ने बताइन् । सांसद बृजेशकुमार गुप्ताले सत्तापक्षले जतिसुकै राम्रो बजेट ल्याए पनि प्रतिपक्षले विरोध गर्नैपर्ने मान्यताबाट ग्रसित नहुन आग्रह गर्दै भने, “चालू आवको बजेट ल्याउँदा वृद्धभत्ता खै भन्दै विरोध गर्ने प्रतिपक्षी साथीहरु आगामी आवको बजेटमा सोही कार्यक्रम ल्याउँदा फेरि किन विरोध ?”

सांसद मनकुमारी जिसीले आम नेपालीलाई उत्साह जगाउने गरी आएको बजेटले समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षालाई सार्थक बनाउन बजेटलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिइन् । बैठकमा नेपाली काङ्ग्रेसका सांसद डा नारायण खड्काले प्राथमिकताको क्षेत्रलाई बजेटले समेट्न नसकेको र पूँजीखत खर्च गर्ने क्षमता बनाउन नसकेको बजेटको कार्यान्वयन चुनौतीपूर्ण रहेको उल्लेख गरे ।

त्यसैगरी, सांसद लक्ष्मी परियारले महत्वकांक्षी र वितरणमुखी बजेटले जनअपेक्षाअनुरुप कार्यक्रम सम्बोधन गर्न नसकेको बताइन् । प्रतिनिधिसभाको अर्को बैठक भोलि ११ बजे बस्नेछ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ६ : ५२ बजे

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका

चितवनमा तत्काल बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

चितवन– पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ ।

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर