विपद् व्यवस्थापनमा नेपाल प्रहरीको भूमिका उल्लेखनीयः अमेरिकी सेना « Khabarhub

विपद् व्यवस्थापनमा नेपाल प्रहरीको भूमिका उल्लेखनीयः अमेरिकी सेना


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी सेनाको टोलीले नेपालमा विपद् व्यवस्थापनका विषयमा प्रहरीसँग अनुभव आदान–प्रदान गरेको छ ।

सांस्कृतिक तथा नेतृत्वदायी कार्यक्रममा सहभागी हुन लेफ्टिनेन्ट कर्णेल कलिना क्रिजको नेतृत्वमा नेपाल आएको अमेरिकी सेनाको अधिकृत क्याडेटको ३५ सदस्यीय टोलीले आइतबार प्रहरी प्रधान कार्यालयको भ्रमण गरी विपद व्यवस्थापन सम्बन्धी नेपाल प्रहरीको पूर्व तयारी, कार्यशैली र अनुभव आदानप्रदान गरेको हो।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सँगको भेटघाटमा लेफ्टिनेन्ट कर्णेल क्रिजले सीमित स्रोत साधन र दक्ष जनशक्तिको बाबजुद नेपाल प्रहरीले उद्धार र राहत वितरणमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।  उक्त टोली समक्ष प्रहरी प्रधान कार्यलयकोतर्फबाट प्रहरी उपरीक्षक सबिन प्रधानले विपद व्यवस्थापनमा नेपाल प्रहरीको जिम्मेवारी, पूर्व तयारी, कार्य शैली र अनुभवबारे प्रस्तुतीकरण गरेका थिए ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  १० : २१ बजे

महिला उद्यमशीलता प्रवर्द्धन गर्दै फुङ्लिङ नगरपालिका

फुङ्लिङ– यहाँको फुङ्लिङ नगरपालिकाले स्थानीय उद्यमीहरुद्वारा उत्पादित सामग्री खरिद गर्न थालेको

रसुवागढी नाका आजदेखि सञ्चालन

रसुवा–  नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको

भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-६ करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध

सन् २०२५ मा १२८ पत्रकारको हत्या

ब्रसेल्स– सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

चितवन– पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल निर्माण