विपद् व्यवस्थापनमा नेपाल प्रहरीको भूमिका उल्लेखनीयः अमेरिकी सेना « Khabarhub

विपद् व्यवस्थापनमा नेपाल प्रहरीको भूमिका उल्लेखनीयः अमेरिकी सेना


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी सेनाको टोलीले नेपालमा विपद् व्यवस्थापनका विषयमा प्रहरीसँग अनुभव आदान–प्रदान गरेको छ ।

सांस्कृतिक तथा नेतृत्वदायी कार्यक्रममा सहभागी हुन लेफ्टिनेन्ट कर्णेल कलिना क्रिजको नेतृत्वमा नेपाल आएको अमेरिकी सेनाको अधिकृत क्याडेटको ३५ सदस्यीय टोलीले आइतबार प्रहरी प्रधान कार्यालयको भ्रमण गरी विपद व्यवस्थापन सम्बन्धी नेपाल प्रहरीको पूर्व तयारी, कार्यशैली र अनुभव आदानप्रदान गरेको हो।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सँगको भेटघाटमा लेफ्टिनेन्ट कर्णेल क्रिजले सीमित स्रोत साधन र दक्ष जनशक्तिको बाबजुद नेपाल प्रहरीले उद्धार र राहत वितरणमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।  उक्त टोली समक्ष प्रहरी प्रधान कार्यलयकोतर्फबाट प्रहरी उपरीक्षक सबिन प्रधानले विपद व्यवस्थापनमा नेपाल प्रहरीको जिम्मेवारी, पूर्व तयारी, कार्य शैली र अनुभवबारे प्रस्तुतीकरण गरेका थिए ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  १० : २१ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय