नेपाल फर्काउने आश देखाउनेले यौन दासी बनाए | Khabarhub Khabarhub

नेपाल फर्काउने आश देखाउनेले यौन दासी बनाए


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काभ्रेकी विजया तामाङ (नाम परिवर्तन) दुई वर्षअघि रोजगारीको शिलशिलामा केन्या पुगिन । तामाङ नेपालबाट लेवनानको एक कपडा कम्पनीमा काम गर्ने भनेर गएकी थिइन । घरबाट रोजगारीका लागि लेवनान हिँडेकी विजयालाई एजेन्टले केन्याको स्थानीय दोहोरो साँझमा काम गर्न पुर्‍याएका थिए ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा न्याय माग्दै पुगेकी उनले भारतबाट मलेसिया हुँदै केन्या पुगेको खबरहबलाई बताइन । केन्याबाट बिरामी भएर स्वास्थ्य उपचार गर्न आर्थिक सहयोगका लागि आवेदन दिन र न्यायको खोजीमा बोर्डमा आएको उनले बताइन ।

‘केन्या पुगेपछि कस्तो अचम्म लाग्यो त्यहाँ नेपाली महिला माने पात बेरेर नाँचेको देख्दाँ । केन्याका डान्सबारमा धेरै नेपाली र भारतीय मुलका महिलाहरु काम गर्दा रहेछन् । मैले काम गर्ने होटल स्थानीय मोम्बसा भन्ने थियो । त्यो होटलमा केन्यामा उत्पादन भएका स्थानीय खानाका परिका पाउँथे।’ केन्याको बेलिबिस्तार लगाउँदै उनले भनिन्, ‘मैले काम गर्ने होटलमा बिहान दिउँसो नास्ता, खाना र रात परेपछि रक्सी तथा डान्साबार सञ्चालन हुन्थ्यो । केन्याका पुलिस अति घुसखोर हुन्छन् । नेपाली र भारतीय महिला भनेपछि हुरुक्कै हुन्छन् ।’

केन्या पुगेका अधिकांश महिलालाई यौनधन्दामा लगाएर त्यहाँका होटल सञ्चालकले पैसा कमाउने गरेका छन् । विभिन्न प्रलोभनमा फसेका नेपाली महिला उद्धारका लागि केन्या प्रहरीसम्म पुग्ने गरेपनि प्रहरीले सहयोग नगर्दा नेपाल फर्किन पाउँदैनन्

गाँउकै भिनाजु पर्ने फुजु लामाले लेवनानको एउटा अस्पतालमा काम गर्ने अफर आएको छ जाने भए प्रक्रिया थाल भन्ने आश्वास देखाएर आफूलाई फसाएको उनको गुनासो छ । उनको बाटोको यात्रा पनि त्यति सहज भएन । उनी नेपालबाट भारतको केरला हुँदै मलेसिया पुगेर एकहप्तामा मात्र केन्या पुगेको बताइन ।

‘केन्या पुगेका १ हप्तापछि मात्र आफु दलालमार्फत बेचविखनमा परेको थाहा भयो । केन्यामा यस्तोसम्म काम गर्‍यो की सोच्न पनि गारो हुन्छ । वर्दीवाला प्रहरीले नै नेपाली केटीको पिडुँला हेर्न भन्दै माने पात बेरेर नाँच्न लगाए ।’ भावुक हुँदै उनले भनिन, ‘माने पात लगाएर नाँचेको हेर्न रुचाउन प्रहरीका हाकिमले वर्दीमै बलात्कार गरे । प्रहरी र आर्मीका लागि बारमा बेग्लै रुमको व्यवस्था हुन्छ । प्रतिकार गर्ने खोज्यो भने समातेर थुन्ने धम्की दिन्छन् । त्यही भएर चुपचाप जे गर्छन मान्नुपर्छ ।’

केन्यामा डान्सबारमा महिला प्रहरीले छापा मार्छन । तर, होटलको परिचयपत्र भएपछि फर्किने गरेको उनको भनाइ छ ।

तालिम दिएर काम लगाइन्छ

केन्याका डान्सबारमा काम गर्ने लगिएका विदेशी महिलाहरुलाई एक महिना तालिम दिने गरेको तामाङले बताइन । ‘शुरुमा होटलमा काम गर्ने वेटरले जस्तो तालिम लिनुपर्छ । त्यसपछि विस्तार तालिमको स्वरुप परिवर्तन हुन्छ । एक महिनाभित्र होटलमा आउने ग्राहकलाई कसरी रिझाउने, उनीहरुलाई कसरी खुशी पार्नेजस्ता तालिम लिनुपर्छ । तालिमकै क्रममा सबै कुरा सिक्नुपर्छ । विस्तारै डान्ससँगै नसाको लत सिकाइन्छ । त्यसपछि मात्र काम शुरु हुन्छ,’ उनले भनिन, ‘केन्याका डान्सबारमा आउने ग्राहकले काम गर्ने महिलाहरुलाई राम्रो व्यवहार गर्छन । उनीहरुलाई रुझाएर मात्र मोलमोलाई गर्छन । नत्र जबरजस्ती गर्दैन।’

केन्यामा पुगेका नेपाली महिला डान्सबारमा काम लगाउनुभन्दा पहिला नै सवै कुराको अनुभव हुनेगरी तालिम गर्नुपर्ने तामाङको भनाई छ ।

केन्याबाटै नेपाली महिलाको तस्करी

फुजु लामा, विशाल मगर र मनराज गौतम भनिने नेपाली दलालले केन्यामा बसेर नेपाली महिला रोजगारीका नाममा तस्करी गरिरहेको तामाङले बताइन । उनीहरुले धेरै महिला केन्याको राजधानी आसपासका शहर र मोम्बासा शहरमा पुर्‍याउने गरेका छन् । उनीहरुले भारतीय र अन्य देशका दलालसँग मिलेर नेपालबाट रोजगारीका नाममा महिलाको तस्करी गरिरहेका तमाङले बताइन ।

केन्याको राजधानीदेखि ५० देखि ६० किलोमिटरको दूरीमा होटल, डान्सबार र रेष्टुरेन्ट खोलिएका छन् । त्यस्ता ठाँउमा नेपाली महिलालाई रोजगारीको प्रलोभन देखाएर दलालले पुर्‍याउने गरेको तामाङले बताइन् ।

केन्या पुगेका महिला चाहेर पनि नेपाल फर्किन सक्ने अवस्था नरहेको उनीहरुले बताए । त्यसका लागि सरकारले नै पहल गर्नुपर्ने पीडितको सुझाव छ

केन्याका विभिन्न शहरमा करिब ३० हजारभन्दा धेरै नेपाली महिला रोजगारीको प्रलोभनमा परी तस्करी पुर्‍याएको अनुमान तामाङको छ ।

नेपालबाट एक जना महिला केन्या पुराए बापत दलालले २ हजार अमेरिकी डलर केन्याका व्यवसायीसँग लिने गरेको आफनै आँखाले देखेको तामाङले बताइन ।

केन्याका डान्सबारमा काम गर्ने पुगेका महिलाले मासिक ३ देखि ७ लाख केन्यान सिलिङ (केन्याली मुद्रा)सम्म तलब लिने गरेको आफुले देखेको उनले बताइन् । पैसा कारण पनि कतिपय बेचिएका महिला नेपाल फर्किन नमान्ने गरेका तामाङको बुझाई छ ।

बाटोमै राहदानी खोस्छन्

केन्या तथा अन्य देश अवैध तरिकाले रोजगारीका लागि हिडेका महिलाको बाटोमै राहदानी एजेन्ट तथा तस्करीले खोस्ने गरेको बोर्डमा तामाङसँगै भेटिएकी शिला क्षेत्री (नाम परिवर्तन)ले बताइन । दलाललाई प्रहरीले कहाँ चेक गर्छन भने राम्ररी थाहा हुन्छ । त्यस्ता स्थानमा राहदानी दिन्छन् नत्र उनीहरुले राख्ने गरेको शिलाले बताइन्।

‘केन्या पुगेका अधिकांश महिलालाई यौनधन्दामा लगाएर त्यहाँका होटल सञ्चालकले पैसा कमाउने गरेका छन् । विभिन्न प्रलोभनमा फसेका नेपाली महिला उद्धारका लागि केन्या प्रहरीसम्म पुग्ने गरेपनि प्रहरीले सहयोग नगर्दा नेपाल फर्किन पाउँदैनन्,’ उनले भनिन्, ‘केन्यामा तस्करीबाट बेचिएका महिला उद्धारको पर्खाइमा छन् । नेपाल फर्काउन आस देखाएर आफ्नै देशका दाजुभाइ, भारतीय, चिनियाँ र बंगाली नागरिकले यौनदास बनाउने गरेका छन् ।’

केन्यामा पुगेका महिलाको साथमा राहदानी नहुँदा समस्यामा पर्ने गरेको र राहदानी डान्सबार सञ्चालक तथा एजेन्टाका हातमा हुने गरेको उनको भनाइ छ । केन्या पुगेका महिला चाहेर पनि नेपाल फर्किन सक्ने अवस्था नरहेको उनीहरुले बताए । त्यसका लागि सरकारले नै पहल गर्नुपर्ने उनीहरुको सुझाव छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १० : १० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका