भारतको मुम्बई र पुणेमा भारी वर्षापछि पर्खाल भत्किँदा २१ जनाको ज्यान गयो | Khabarhub Khabarhub

भारतको मुम्बई र पुणेमा भारी वर्षापछि पर्खाल भत्किँदा २१ जनाको ज्यान गयो


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा भारी वर्षाका कारण विभिन्न तीन ठाउँमा पर्खाल भत्किँदा २१ जनाको मृत्यु भएको छ ।

मुम्बई र पुणेका छुट्टाछुट्टै तीन ठाउँमा भारी वर्षाका कारण पर्खाल भत्किँदा २१ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पर्खाल भत्किँदा अन्य धेरै घाइते भएका छन् । केही गम्भीर छन् । मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । महाराष्ट्रका मुख्यमन्त्री देवेंद्र फडणवीसले ज्यान गुमाउने परिवारलाई प्रति परिवार पाँच लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

मुम्बईको मलाड ईस्टमा पर्खाल भत्किँदा १२ जनाको मृत्यु भएको हो । मलबेकै भत्किएको पर्खालमा केही मानिसहरु पुरिएको हुनसक्ने भन्दै उद्धारकार्य जारी राखिएको छ ।

त्यस्तै पुणेको सिंहगढ़ कलेजको पर्खाल भत्किँदा ६ जनाको र्मतयु भएको छ । सो घटनामा ४ जना घाइते भएका छन् । त्यस्तै पर्खाल भत्किएको अर्को घटना कल्याणमा भएको हो । जहाँ तीन जनाको ज्यान गएको छ ।

मुम्बईको पूर्वी मलाड क्षेत्रको पिंपरीपाडामा भारी वर्षा पछि पर्खाल भत्किएको हो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भारी वर्षाका कारण उद्धार तथा राहतमा कठिनाइ भइरहेको जनाइएको छ ।

सोमबार राति दोस्रो घटना पुणेमा घटेको हो । जहाँ गएराति सवा एक बजेको समामा सिंहगढ़ कलेजको पर्खाल भत्किएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

यस्तै तीन दिन अघि पुणेको कोढवामा भारी वर्षाका कारण पर्खाल भत्किँदा १५ जनाको मृत्यु भएको थियो । पछिल्लो दुई दिन यता परेका भारी वर्षाका कारण मुम्बई लगायतका क्षेत्रको जनजीवन प्रभावित बनेको छ । रेल तथा  यातायात सेवा ठप्प बनेका छन् ।

 

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १० : ५८ बजे

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना

थाइल्यान्ड-कम्बोडियाबीचको शान्ति सम्झौता स्थगित

एजेन्सी– कम्बोडियासँगको सीमा नजिकै भएको विस्फोटमा दुई थाई सैनिक घाइते

निःशुल्क स्वास्थ्य सेवा पाउनबाट कोही नागरिक बञ्चित हुनुहुँदैन : स्वास्थ्यमन्त्री शर्मा 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्माले आधारभूत स्वास्थ्य सेवा

एन्फा र फुटबल खेलाडीको वार्ता भाँडियो

काठमाडौं- अखिल नेपाल फुटबल संघ एन्फा र फुटबल खेलाडीको वार्ता

पूर्वराष्ट्रपति यादवको प्रमुख आतिथ्यतामा गणेशमान सिंहको जन्मजयन्ती मनाइयो

काठमाडौं– गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले पूर्व राष्ट्रपति