लोक सेवाको विज्ञापनमा आवेदन दिने आज अन्तिम दिन « Khabarhub

लोक सेवाको विज्ञापनमा आवेदन दिने आज अन्तिम दिन


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोक सेवा आयोगले स्थानीय सेवाअन्तर्गत ५ सय १५ स्थानीय तहका विभिन्न पदका लागि आह्वान गरेको पदपूर्तिसम्बन्धी विज्ञापनको अन्तिम म्याद आज (मंगलबार) सकिँदै छ ।

आयोगले गत जेठ १५ गते विज्ञापन आह्वान गरी देशभरका विभिन्न ५ सय १५ ओटा स्थानीय तहका ९ हजार १ सय ६१ पदमा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको थियो ।

आयोगले यसअघि जेठ ३० गतेसम्मका लागि अन्तिम म्याद तोकेकोमा दरखास्त दिने अनलाइन प्रणालीमा खराबी आएपछि असार १० गतेसम्मका लागि अन्तिम मिति तोकी १७ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिने व्यवस्था गरेको थियो ।

४ लाख भन्दा बढीको आवेदन

आयोगले समावेशी सिद्दान्तविपरीत विज्ञापन आह्वान गरेको भन्दै संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन स्थगित गर्न निर्देशन जारी गरेको थियो । यस्तै उक्त विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएका थिए ।

सर्वोच्चले लोक सेवाको विज्ञापनविरुद्ध परेका २ रिटमाथि सुनुवाइ गर्दै सोमबार अन्तरिम आदेश दिन अस्वीकार गरिसके पछि स्थानीय तहमा कर्मचारी भर्ना गर्ने पक्रिया अगाडि बढ्ने निश्चित भएको छ ।

लोक सेवाको इतिहासमै एकैपठक ९ हजार बढी कर्मचारी भर्नाका लागि आह्वान भएको विज्ञापनमा विभिन्न विवाद र अवरोधहरु सिर्जना भएपनि आवेदकको संख्या भने धेरै नै रह्यो ।

लोक सेवा आयोग स्रोतका अनुसार मंगलबार विहानसम्म ४ लाख १८ हजार २ सयको हाराहारीमा दरखास्त परेका छन् ।

मंगलबार (असार १७ गते) राति १२ बजेसम्म दरखास्त बुझाउने म्याद भएकाले यो संख्या अझै बढ्नसक्ने लोक सेवा आयोगका प्रवक्त किरण राज शर्माले बताए ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १२ : ०० बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल

काठमाडौँ-  सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे बस्ने बैठकमा आर्थिक

डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

डोल्पा- डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य

जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको अवार्ड

काठमाडौँ – भारत सरकारको अनुदान सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरस्थित ऐतिहासिक