बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण « Khabarhub

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरेको छ ।

गत आवमा तीन किलोमिटर कालोपत्र, चार किलोमिटर ग्राभेल र दुई किलोमिटर नयाँ सडकको ट्र्याक खोलिएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार गाउँपालिकाका मुख्य सडक कालोपत्र भइसकेका छन् भने भित्री सडक पनि स्तरोन्नति गरिएको छ ।

पालिकाले पूर्वाधार विकास कार्यक्रम, पालिकास्तरीय मर्मत कोष, समपूरक कोषबाट पूर्वाधार निर्माणमा लगानी गरेको हो ।

गत आर्थिक वर्षमा पूर्वाधार विकासमा चार करोड ८४ लाख १४ हजार ४७० खर्च भएको थियो ।

सडक निर्माणसँगै विद्यालय तथा स्वास्थ्य संस्थाका ६ वटा भवन, पुल, कल्भर्ट, सिँचाइ संरचना, तटबन्ध पनि निर्माण भएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ११ : ०१ बजे

अविरल वर्षाले जनजीवन प्रभावित

काठमाडौँ– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास