प्रियंका र दीपिकापछि क्याटरीनाको पनि हलिउडमा नजर ? | Khabarhub Khabarhub

प्रियंका र दीपिकापछि क्याटरीनाको पनि हलिउडमा नजर ?


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


अभिनेत्री क्याटरनी कैफ उत्कृष्ट अभिनेत्रीको सूचीमा आउँछिन् बलिउडमा । बलिउडमा आफ्नो राम्रो छाप बनाएकी क्याटरीनाले हालै आएर हलिउडमा पनि अभिनय गर्न चाहेको बताएकी छिन् ।

खबरका अनुसार क्याटरीनाले एक फिल्मको स्किृप्ट पढिसकेपछि हलिउड फिल्ममा काम गर्ने फैसला गरेकी हुन् । भारतीय मिडियाले स्रोतको हवाला दिँदै क्याटरीनालाई सो फिल्मको स्किृप्ट एकदमै मन परेको लेखेका छन् ।

केही दिनपहिले खबर आएको थियो, क्याटरीनाले आफ्नो अमेरिका ट्रिपका बेला फक्स स्टुडियोका मालिकसँग पनि भेटेकी थिइन् । खबरका अनुसार उनले उनले ‘एभेन्जर्स’ स्टार जर्मी रेनरसँग फिल्ममा काम गर्न सक्नेछिन् ।

क्याटरीना पछिल्लो समय फिल्म ‘भारत’ मा सलमान खानका साथ देखिएकी थिइन् । यो फिल्मले दर्शकको मिश्रित प्रतिक्रिया पाएको थियो ।

अब उनलाई रोहित सेट्टीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘सूर्यवंशी’ मा अक्षय कुमारका साथ देख्न सकिनेछ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १ : ०८ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई