गृह मन्त्रालयका प्रवक्ताको हस्ताक्षर किर्ते गरेर ९५ करोड क्षतिपूर्ति दावी « Khabarhub

गृह मन्त्रालयका प्रवक्ताको हस्ताक्षर किर्ते गरेर ९५ करोड क्षतिपूर्ति दावी


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयका प्रवक्ता एवम् सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख (सहसचिव) रामकृष्ण सुवेदीको हस्ताक्षर किर्ते गरेर ९५ करोड क्षतिपूर्तिको नक्कली कागजात बनाउने २ जना सिंहदरबार नजिकबाटै पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको निजगढ घर भइ काभ्रेको धुलिखेल बस्दै आएका ३८ वर्षीय राजन कुमार थापा र उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी अधिकारी छन् । उनीहरुले सहसचिव सुवेदीको हस्ताक्षर किर्ते गरेर गृह मन्त्रालयको नक्कली लेटरप्याडमा नेपाल सरकारबाट क्षतिपूर्ति प्रदान गरिने व्यहोराको कागजात बनाएका थिए ।

उक्त कागजमा लक्ष्मीका बुवाको मृत्यु नेपाल सरकारबाट भएको र जसको क्षतिपूर्तिस्वरुप सरकारले लक्ष्मीको परिवारलाई ९५ करोड रुपैयाँ दिने निर्णय गरेको व्यहोरा उल्लेख गरिएको थियो । यस्तै अर्को एक कागजमा भौतिक क्षतिवापत ८ करोड ७६ लाख रुपैयाँ क्षतिपूर्ति सरकारले दिने भन्ने व्यहोरा पनि उल्लेख गरिएको पाइएको छ ।

नक्कली कागजका आधारमा क्षतिपूर्ति मागदावी गर्ने भन्दै गृहमन्त्रालय जान सिंहदरबार प्रवेश गर्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ४२ हजार रुपैयाँ नगद र गृह मन्त्रालयको छाप, विभिन्न बैंकका चेक र अन्य केही नक्कली कागजात पनि फेला परेको जनाइएको छ ।

पक्राउ परेको दुवै जनालाई अहिले महानगरीय प्रहरी बृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । प्रहरीले दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १ : ४१ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने