श्रीलंकाले मृत्युदण्डको सजाय ब्युँताउँदा नेपालमा विरोध प्रदर्शन « Khabarhub

श्रीलंकाले मृत्युदण्डको सजाय ब्युँताउँदा नेपालमा विरोध प्रदर्शन


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाले मृत्युदण्डको सजायलाई पुनः ब्युँताएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।

विभिन्न अधिकारवादी संस्थाहरुले महाराजगन्जस्थित श्रीलंकन दूतावास अगाडि पुगेर मृत्युदण्डको सजाय ब्युँताउन लागिएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

एमनेस्टी इन्टरनेशनललगायत विभिन्न मानव अधिकारवादी संस्थाहरुले ‘नो डेथ पेनाल्टी’, ‘लाइफ नो डेथ’ लगायत लेखिएको प्लेकार्ड बोकेर श्रीलंकन दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।

श्रीलंकन कानूनमा निश्चित अपराधका आधारमा मृत्यु दण्ड दिने प्रावधान छ । जसअनुसार अहिलेसम्म २ सय ९९ जना अभियुक्तलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

श्रीलंकन राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गत बुधबार मृत्युदण्डको सजाय पुनः ब्युँताइएको घोषणा गरेका थिए ।

राष्ट्रपति सिरिसेनाको घोषणासँगै श्रीलंका सरकारले शुक्रबार मृत्युदण्ड दिइएका व्यक्तिलाई फांसीमा झुन्डाउने २ जना दल्लाद पनि नियुक्त गरेको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ३ : ११ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने