श्रीलंकाले मृत्युदण्डको सजाय ब्युँताउँदा नेपालमा विरोध प्रदर्शन « Khabarhub

श्रीलंकाले मृत्युदण्डको सजाय ब्युँताउँदा नेपालमा विरोध प्रदर्शन


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाले मृत्युदण्डको सजायलाई पुनः ब्युँताएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।

विभिन्न अधिकारवादी संस्थाहरुले महाराजगन्जस्थित श्रीलंकन दूतावास अगाडि पुगेर मृत्युदण्डको सजाय ब्युँताउन लागिएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

एमनेस्टी इन्टरनेशनललगायत विभिन्न मानव अधिकारवादी संस्थाहरुले ‘नो डेथ पेनाल्टी’, ‘लाइफ नो डेथ’ लगायत लेखिएको प्लेकार्ड बोकेर श्रीलंकन दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।

श्रीलंकन कानूनमा निश्चित अपराधका आधारमा मृत्यु दण्ड दिने प्रावधान छ । जसअनुसार अहिलेसम्म २ सय ९९ जना अभियुक्तलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

श्रीलंकन राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गत बुधबार मृत्युदण्डको सजाय पुनः ब्युँताइएको घोषणा गरेका थिए ।

राष्ट्रपति सिरिसेनाको घोषणासँगै श्रीलंका सरकारले शुक्रबार मृत्युदण्ड दिइएका व्यक्तिलाई फांसीमा झुन्डाउने २ जना दल्लाद पनि नियुक्त गरेको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ३ : ११ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स