आज उकालो लाग्यो शेयर बजार « Khabarhub

आज उकालो लाग्यो शेयर बजार


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निरन्तर ओरालो लागको शेयर बजार आज उत्साहजनक रुपमा उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार मंगलबार कारोबार भएका १२ समूहमध्ये ९ वटा समूहको परिसुचकमा वृद्धि भएको छ । नेप्सेकाअनुसार मंगलबार नेप्से ११ दशमलव ०२ अंकले कारोबार बढेको हो । मंगलबार कारोबार भएकामध्ये सबैभन्दा धेरै कारोबार मेगा बैंक र दोस्रो नम्बरमा प्रभु बैंकको कारोबार भएको छ ।

मेगा बैंकको क्लोजी मूल्य २ सय ७० रुपैयाँ रहेको छ भने प्रभु बैंकको २ सय ६८ रुपैयाँ पुगेको छ । मंगलबार कारोबार भएका २६ वटा वाणिज्य बैकहरुमध्ये एनआइसी एसिया, ग्लोबल आइएमई र नबिल बैंकका लगानीकर्ताले घाटा व्यहोरेपनि अन्य सबै बैंकका लगानीकर्ताले नाफा कमाएका छन् । आज कारोबार भएकामध्ये कुमारी बैंकका लगानीकर्ताले कारोबार बन्द हुने बेलासम्ममा प्रतिशेयर ११ रुपैयाँ नाफा गरेपनि ग्लोबल आइएमईका शेयर धनीले प्रतिशेयर ३ रुपैयाँ घाटा व्यहोरेका छन् ।

जलविद्युत् आयोजनाहरुको कारोबार भएका ३० वटामध्ये विभिन्न ६ वटा आयोजनाको शेयर रकम घटेको छ । नेप्सेकाअनुसार युनियन हाईड्रोपावर, रिडि हाईड्रोपावर, पञ्चकन्या हाईड्रोपावर, दिव्यश्वरी हाईड्रो, अरुण काबेली र अरुण भ्यालीका लगानीकर्ताले घाटा व्यहोरेका छन् । बुटबल पावर कम्पनीको शेयर भने ८ रुपैयाँले बढ्दा चिलिमे हाईड्रोको मूल्यसमेत ४ रुपैयाँले बढ्यो ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ४ : ०९ बजे

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर