सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’ « Khabarhub

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले सरकारमा रहेका सबैको सार्वजनिक भएको सम्पत्तिको स्रोत पनि खुलाउन माग गरेका छन् ।

उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारमा रहेका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको सन्दर्भमा स्रोतबिनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिने हुँदा स्रोत खुलाउन माग गरेका हुन् ।

साम्पाङले सरकारमा रहेका व्यक्तिहरूको सम्पत्ति कति छ भन्ने विवरण आए पनि त्यो कसरी आर्जन गरियो भन्ने कुरा प्रष्ट नभएको बताएका छन्।

उनले लेखेका छन्– ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो ! अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो ! स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ ! स्रोत प्रष्टाइदिनु पर्छ ! जय देश !’

सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेपछि राजनीतिक वृत्तमा यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ८ : १० बजे

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा